फोनिज १ को तेस्रो महाधिवेशन पाँचथरको फिदिममा

 न्यूज विराट
फोनिज १ को तेस्रो महाधिवेशन पाँचथरको फिदिममा

 विराटनगर ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं प्रदेश तेस्रो महाधिवेशन पाँचथरको फिदिम बजारमा हुने भएको छ  । आगामी माघ ५ देखि ७ गतेसम्म पाँचथरको सदरमुकाम फिदिम बजारमा हुने तेस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन पुर्व पर्यटन मन्त्री तथा संघीय सांसद सुदन किँरातीले गर्ने भएका छन्  ।

प्रदेश १ फोनिजले मंगलबार पाँचथरको फिदिममा सचिवालय कार्यलयको उद्घाटन गर्दै माघ ५ गतेदेखी ७ गते सम्म हुने बारे जानकारी गराएको हो । महाधिवेशनलाई सभ्य र भव्य बनाउनको लागि कार्यलयको उद्घाटन गर्दै फोनिज १ नं. प्रदेशका अध्यक्ष सन्तवीर लामाले प्रादेशिक महाधिवेशनको व्यवस्थापनको जिम्मा फोनिज शाखा पाँचथरले लिएको  बताए । महाधिवेशनको तयारीको लागि  तीव्ररुपमा भइरहेको फोनिज पाँचथर जिल्ला अध्यक्ष रामभक्त वमजनले जानकारी दिए  ।
 बैठकमा संघीय सदस्य सुजता लिम्बू, विजय बोध लावती, पाँचथर अध्यक्ष रामचन्द्र तामाङ सहित प्रदेश र जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो । महाधिवेशनका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन र पर्यटकीय क्षेत्रहरूको भ्रमण आयोजना गरिने जिल््ला अध्यक्ष तामाङले जानकारी दिए । महाधिवेशनको बन्दशत्रमा निर्वाचन मण्डलसमेत गठन गरिएको छ । निर्वाचन मण्डलको संयोजकमा दिपिन राई तथा सदस्यहरूमा अधिवक्ता सन्तकुमार राई र निलिफा सुब्बा रहने निर्णय भएको छ । महाधिवेशनले प्रदेश १ का लागि नयाँ नेतृत्व चयन गर्नेछ भने १ नम्बर प्रदेशका जिल्ला अधिवेशन जारी छ । 

सम्बन्धित समाचार

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

२४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण

काठमाडौं, १८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश १ मा आज २६ सयको परिक्षण गर्दा ४९८ जनामा कोरोना

विराटनगर, २२ कात्तिक-प्रदेश १ मा शनिबार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु,...

जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक

रकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो । संघीय मामिला तथा...

उदयपुर र जनकपुरमा थपिए २ संक्रमित, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, ११ वैशाख-बिहीबार थप २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बिहीबार ५५ वर्षीय महिला पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या...

मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य

विराटनगर, ११ भदौ । बिहीबार मुख्यमन्त्री पदको शपथ लिइ कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मुख्यमन्त्री बनेको भोलिपल्ट नै उनले केही मन्त्री नियुक्त गर्न लागेका हुन् । स्रोतका...

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर, २६ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १...

कोशीमा सुत्केरीको मृत्यु, विरामीको आफन्तद्धारा अस्पतालमा नाराबाजी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा मोरङ धनपालथान गाउँपालिका ३ का १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्