मिसन २०८५ रणनीति सफल वनाउने मनमोहनका उपकुलपतिको प्रतिबद्धता

 न्यूज विराट
मिसन २०८५ रणनीति सफल वनाउने मनमोहनका उपकुलपतिको प्रतिबद्धता

विराटनगर । उपकुलपतिमा बिहिवार दोस्रो कार्यकालका लागि पुन : नियुकित्त भएका डा. सुवासश्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिरको बनाउन आफुले तयार पारेको मिसन २०८५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले पोखरेललाई पुन ः नियुक्त्ति भएर सपथग्रहण लिइसकेपछि पदभारग्रहण गर्दै उनले आफनो दोस्रो चार बषेर्् कार्यकालमा मिसन २०८५ राण्नीति सफल बनाएर सर्बोत्तम महितका लागि विश्विद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाएर छाडने प्रतिबद्धता जनाएका हुन ।

्पदभार ग्रहणगर्दै पुन नियुक्त्त भिसी(भाइस चान्सलर) पोखरेलले पहिलो चार बर्षे कार्यकालमा मनमोहनले चार बिषयमा स्नतातक र दुई बिषयमा स्नातोकोत्तर कक्षा सञ्चालन गर्न सकेपनि पर्याप्त नभएकोले थप पाठयक्रम निर्माण गरेर विभिन्न बिषयमा पिएचडीसम्मको पठनपाठन गराउनका लागि विश्वविद्यालयलाई भौतिक पुर्वाधार सम्पन्न बनाउन मिसन २०८५ रणनीति तयार गरेको पदाधिकारी र कर्मचारीहरुलाई जानकारी गराए । उनका अनुसार मिसन २०८५रणनीति भित्र अत्यावश्यक मुख्य १८ कार्यभारहरु रहेका छन । जसमा जम्मा १०८ वटा कामहरु सम्पन्न गर्नुपर्ने छ ।

तयार पारिएको रणनैतिक प्रतिवेदन अनुसार आगामी मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठयक्रम निर्माण गर्नुपर्नेछ । पाठयक्रम निर्माणपछि ५ वटा बिषयमा पिएचडी र १० वटा माष्टर्स र १२ वटा थप व्याचलर तहकको कक्षा सञ्चालन गर्नेछ । यसैगरि विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउन विभिमन्न १८ वटा ल्यावहरु निर्माण गर्नुपर्नेछ । जसमा वाटर , जडिबुटी , मेडिसिन, एनिमल देष्टिङदेखी फरेन्सिक , प्याथोलोजी , जेनेटिक्स, नेचुरोपेथी, वायोमडिकल , हाईभोल्टेज कन्ट्रोल , सुपर कमप्युटर , हेमाटोलोजी , फिजियोथेरापी ईक्योलोजी लगायत ल्यावहरु रहेका छन ।

यसैगरि मिसन २०८५ सम्ममा विश्वभरका १८ वटा विश्वविद्यालयसँग एमओयू गर्ने योजना छ । दक्ष विद्यार्थी उत्पादन गर्न विभिन्न देशहरुबाट कम्तीमा एउटा बिषयमा एक जना विदेशी विज्ञ शिक्षक ल्याइने छ । यसवाहेक विश्वविद्यालयले आफनै तारामण्डल निर्माण गर्नेछ भने साईन्स म्युजिएम सहितको विज्ञानपार्क पनि निर्माण गर्ने योजना छ । सँगै मडिकलतर्फको प्राविधिक विषय अध्यापक गराउनका लागि आफनै शिक्षण अस्पताल निर्माण गर्ने अनुसन्धान केन्द्रलाई अन्तराष्ट्रियस्तरको बनाउने , परिसरभित्रै स्विमिङ पुल, मेडिसिनल ( जडिबुटी ) गार्डेन निर्माण गर्नेदेखी फिजिकल फिटनेस सेन्टर स्थापना गरिसक्ने मिसन २०८५ को योजना छ । यसबाहेक एक हजार जना सहभागी हुने अडोटोरियम हल , पाँच हजार क्षमताको स्टेडियम निर्माण गर्ने अलग्गै टिचिङ ब्लकदेखी आफनै ग्रोसरी कम्पलेक्स बनाउने मनमोहनको योजना छ । यसैगरि विश्वविद्यालय क्षेत्रलाई मनमोहन स्मार्ट सिटीका रुपमा विकास गराउने , आफनै मनमोहन कानुन ब्लक बनाउने , एनिमल हाउस तयार गर्ने , ईलेक्ट्रिक टेष्टिङ सेन्टर स्थापना गर्ने लगायतका कार्यभारहरु मनमोहनले लिएको छ ।

मिसन २०८५ का लागि आवश्यक १८ कार्यभार पुरा गर्नकालागि बीस अर्ब बढी लाग्ने भएकोले बजेटका लागि कोशी प्रदेश सरकार , संघिय सरकार, अनुदान आयोगदेखी विभिन्न नियोगहरुसँग सहयोग सम्झौता गर्ने मनमोहनको नीति छ । भिसी पोखरेलले भने ,‘ हामीले धेरै अनुसन्धानका लागि युरोपियन युनियनको सँग सम्झौता पनि नगरिसकेका छौ ।,कोशी प्रदेशका मुख्यमन्त्री तथा कुलपति हिक्मतकुमार कार्कीले पनि सकेसम्म आफनो सरकारको विश्वविद्यालयलाई बजेटको कमी हुन नदिने प्रतिबद्धताा जनाएका छन । प्रदेश सरकारको क्षमताले नभ्याए संघिय सरकार र विभिन्न दातृ निकायहरुबाट पनि स्रोत संकलन गरेर आफनो रणनैतिक योजना पुरा गराउने मनमोहनको लक्ष्य रहेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हालसम्म ‘इन्जिनियरिंङग’ , ‘मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेज ’अनि ‘ स्कुल अफ एप्लाइड साईन्स, टेक्नोलोजी एण्ड ल ’गरी तीन वटा स्कुल छन ।जसमा सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स स्नातक , औषधी बिज्ञान (फार्मेसी) स्नातक , अस्पताल म्यानेजमेन्ट स्नातोकोत्तर र कानुनमा स्नातक र स्नातोकोत्तरको पठनपाठन भैरहेको छ । यसबाहेक तीन बर्षे डिप्लोहमा तहमा आठ वटा विषयमा विभिन्न प्राविधिक विषयमा पढाई भैरहेको छ ।

करिब २१ विगाहा क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालयको आफ्नो भौतिक संरचना ३० अर्ब बढीको रहेको छ । हाल यो विश्वविद्यालयको भौतिक आवश्यक चार तले पारामेडिकल भवन र तीन तले साईन्स भवन निर्माण भैसकेको छ भने पाँचतले प्रशासनिक भवन धमाधम निर्माण भइरहेको छ । यस बाहेक यो विश्वविद्यालयको आफ्नै अनुसन्धान केन्द्र, आधुनिक विषयत ल्याबहरू, भौतिक बस्तु परीक्षण गर्ने व्यवसायिक ल्याब अनि आधुनिक लाईब्रेरी र आफ्नै वर्कशपहरू सञ्चालनमा छन ।

सम्बन्धित समाचार

कोरोनाबाट काठमाडौंका छसहित १५ को मृत्यु, २ सय ७० जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २१ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...

विराटनगरमा आज ७१ संक्रमित थपिए ?

विराटनगर, १४ असार । मंगलबार विराटनगरमा ७१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ११ जना पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगरमा हालसम्म ७ हजार ८ सय...

मोरङको बाहुनीमा न्यूरोको वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकको सेवाबाट बिरामी दङ्ग

विराटनगर । विराटनगरस्थित  न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मोरङको बेलबारी ७ बाहुनीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत बाहुनीमा शनिवार वृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।  न्युरो अस्पतालका...

हिसान खेल ः पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवडीमा विराट क्याम्पस, मोडर्न एरा, ग्रिनल्याण्ड र शिक्षादिप विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवडीमा विराट क्याम्पस, मोडर्न एरा, ग्रिनल्याण्ड र शिक्षादिप कलेज विजयी भएका...

कालापानी हाम्रै होः सभापति देउवा

काठमाडौं, ३१ वैशाख-बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् । उनले आज भएको छलफलमा सुगौली सन्धिमा जुन कुरा प्रष्ट छ त्यहि हुनुपर्ने...

रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्