गृह नगरमा ललित राजवंशीलाई भव्य स्वागत

 न्यूज विराट
गृह नगरमा ललित राजवंशीलाई भव्य स्वागत

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ ।

खेलकुद संग सम्बन्धीत विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरुले राजवंशीलाई मंगलबार विराटनगर विमानस्थलमा पुगेर भव्य रुपमा स्वागत गरेको हो ।

विमानस्थलमा स्वागत गर्न कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादवदेखि मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका पदाधिकारी तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य शान्ता जोशी समेत पुगेकी थिइन् । त्यसैगरी राजवंशीलाई स्वागत गर्न मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरली चौधरी, उपाध्यक्ष बिसाल बानियालगायत पनि पुगेका थिए । विराटनगर १४ जतुवा घर भएका राजवंशीलाई बुधबार महानगरपालिका भित्र बाजा गाजा सहित अभिनन्दन र्‍याली निकाल्ने तयारी समेत गरिएको पुर्वमन्त्री यादवले बताएका छन् ।
हालै सम्पन्न भएको प्रतियोगितामा जनकपुर बोल्टसबाट खेलेका ललितले कूल १० खेलमा कूल ४० ओभर बलिङ गरे। अर्थात उनले आफ्नो पूरै ओभर बलिङ गर्दै १७ विकेट हात पारेका थिए । त्यसक्रममा ५ ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए ।

सम्बन्धित समाचार

सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ । बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको...

रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डलसहित उनको प्यानलै विजयी भएको छ । मण्डल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

विराटनगर, १७ कात्तिक–प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका...

विराटनगरका रोहितको गोलीहानी हत्या, सम्झना चोक शोकमा डुब्यो

विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो । विराटनगर महानगरपालिका–...

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् । ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल...

एमाले एकजुट बनाउन अध्यक्ष ओलीको बोल्ड निर्णय : माधवसहित चार नेतामाथिको कार्वाही फुकुवा

काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल,...

सुनको मूल्य १ लाख नाघ्यो

काठमाडाैं, २१ साउन-बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै छापावाल सुन आज प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ...

कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४१ लाख नाघ्यो

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७२८ पुगेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्