जापान पढ्न जानेका लागि आध्याको निःशूल्क सेमिनार

 न्यूज विराट
जापान पढ्न जानेका लागि आध्याको निःशूल्क  सेमिनार

विराटनगर । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रलिले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ ।

जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आध्या एजुकेसनले सेमिनार आयोजना गर्न लागेको हो । दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै कन्सल्टेन्सीले सेमिनारबारे जानकारी गराएको हो । सेमिनार मंसिर २२ गते शनिबार गर्न लागिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राकेश कर्णले बताए । उनले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुलाई निःशूल्क शैक्षिक परामर्श एवम् उचित मार्गप्रर्दशन गर्ने उदेश्यका साथ सेमिनार आयोजना गर्न लागिएको जानकारी दिए ।

जापानको जापानीज भाषा कलेजका प्रतिनिधि समेत रहेका धिरज कार्कीलाई सेमिनारको प्रशिक्षकको रुपमा आमन्त्रण गरिएको आध्या एजुकेसनले जनाएको छ । कन्सल्टेन्सीका अनुसार सेमिनारमा विद्यार्थीहरुले जापानमा रहेका कलेज तथा विश्वविद्यालय, पढाइ हुने कोर्ष र जापानको जीवनशैली लगायतका बिषयमा विस्तृत रुपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

सेमिनारमा विद्यार्थीहरुले जापानको जापानीज भाषा कलेजका प्रतिनिधिसँग समेत प्रत्यक्ष कुराकानी गरेर आफ्नो जिज्ञासा मेटाउन सक्ने बताईएको छ । सेमिनारमा सहभागी भएर उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जाने विद्यार्थीहरुका निम्त्ति आध्या एजुकेसनले बिशेष अफर समेत राखेको छ । अफर अन्तर्गत आध्या एजुकेसनमार्फत अध्ययनको आवेदन प्रक्रिया सुरु गर्ने पहिलो ५ जना विद्यार्थीहरुलाई शतप्रतिशत र दोश्रो ५ जना विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा जापानीज भाषा पढाईनेछ ।

दमकस्थित आध्या एजुकेशनले भने जापानको साथसाथै साउथ कोरिया, युके, अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, डेनमार्क, न्युजील्याण्ड, फिनल्याण्ड र यूरोप लगायतका मुलुकमा समेत उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज दुई सय २५ जनाको परिक्षण गर्दा, २० संक्रमित थपिए

विराटनगर, १६ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज...

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु , आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए। ‘मंसिर ११, १२,...

व्यक्तिगत लाभ प्राप्त नगरेकाहरुले सरकारको बिरोध गरे : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटन गर्दै यस्तो बताएका...

नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

झापा, १९ मङ्सिर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो । उहाँले राजनीतिसँगै पढाइलाई...

अस्पतालबाट भागेका अभियुक्त दुईदिनपछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका अभियुक्तलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ। फरार भएको दुइदिनपछि विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको...

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा विराटनगरको सरस्वती र सत्यनारायण मावी विजयी भएका छन् ।विराटनगरमा आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकाडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

मन्त्रिपरिषद बिस्तारको तयारी, प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी अघि बढाउनु भएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफ्नो सरकारमा सहभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा प्रधानमन्त्री ओली जुटनुभएको हो । प्रधानमन्त्री ओलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्