विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

 न्यूज विराट
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।
बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगायतले बिउ वितरण गर्नुभएको थियो ।
कृषि शाखाका कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार ५२६ किलो बिउ वितरण गरिएको छ । सो बिउले ६० हेक्टर जमिनमा खेती गर्न सकिनेछ । महानगर क्षेत्रका २६२ घरधुरीलाई सो उन्नत जातको गहुँको बिउ वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो । महानगर क्षेत्रभित्र १ हजार ३७५ खेतीयोग्य जमिन रहेमा २५० हेक्टर जमिनमा गहुँ खेती गर्ने गरिएको छ । यसअघि महानगरले ५० प्रतिशत अनुदानमा मकै बिउ वितरण गरेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज ५६२ जनाको पीसीआर परिक्षण गर्दा ४३ संक्रमित थपिए

विराटनगर, ३ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय २०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य...

प्रहरीले बरामद गरेको पदार्थ युरेनियम-२३८ भएको नास्टद्वारा पुष्टि

काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पदार्थ युरेनियम नै भएको पुष्टि गरेको हो । नास्टले...

आज विराटनगरमा २१९ जनामा कोरोना संक्रमण

विराटनगर, ८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

सिरहाको मिर्चैयामा बस दुर्घटना : दुईको मृत्यु, २३ जना घाइते

विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको...

दिनदहाडै विराटनगरमा लुटपाट, निर्माण व्यवसायी कर्णको अफिसबाट १४ लाख बढी रकम लुटियो

विराटनगर । विराटनगर – ३ मोर्डन एरा स्कुल अगाडीबाट दिनदहाडै लुटपाट भएको छ । निमार्ण व्यवसायी बिवेक कर्णको अपिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको बताएका छन् । मोटसाइकलमा आएका...

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र...

कोशी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोसी अस्पताललाई २ र कोभिड-१९ अस्पतालाई १ गरि ३ वटा...

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्