विराटनगर । मोरङको कटहरी गाउँपालिकाले यहाँका पाँच दजर्न बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ । प्लस २ (१२) कक्षा उत्तीर्ण भएका कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई सोमबारदेखि पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो । लोकसेवा तयारी कक्षा ४५ दिनसम्म गाउँपालिकामा संचालन हुने केटहरी गाउँपालिकाका अध्यक्ष देबराज चौधरीले जानकारी दिए । लोकसेवा अध्ययन गरिरहेकाहरूलाई थप सजिलो गराउन र उत्साह प्रदान गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गरिएको उनले बताए । ‘कटहरी गाउँपालिका भित्र धेरै युवायुवतीहरूले लोकसेवा आयोग अध्ययन गरिराख्नुभएको छ,’ उनले भने, ‘उहाँहरूको प्रयासलाई गाउँपालिकाले पनि सहयोगका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।’ नगरकै दक्ष जनशक्ति भए यहाँको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको उनले अध्यक्ष चौधरीले बताए । गाउँपालिकाले उक्त कार्यको लोकसेवा तयारी गरिरहेकाहरू खुसी भएका छन् । यसमा दलित, महिला, स्थानीय र आर्थिकरुपमा विपन्नता भएकालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । कटहरीका सबै वडालाई यसमा सहभागी गराएको छ । पालिका भित्रका ६० जना युवायुवत्तीहरुलाई गाउँपायिलकाले निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ । युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क रूपमा लोकसेवा तयारी कक्षा सुरु गरेको अध्यक्ष चौधरीले बताए । पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको र सोही अनुरूप लोक सेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष चौधरीले बताए । निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका पालिकाभित्रका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमलले बताए । पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभाव राम्रो भएकाले यसपटक पनि निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । निजामती सेवामा युवाको आकर्षण बढाउन र विदेश पलायन रोक्न लोकसेवा आयोगबाट लिइने परीक्षा तयारीका लागि सञ्चालन गरिएको निःशुल्क कक्षा सहयोगी हुने पालिकाको विश्वास छ ।
विराटनगर, १५ फागुन । नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरको आयोजनामा ४२ प्रिण्ट रगत संकलन गरिएको छ । विराटनगर स्थित जिल्ला ट्राफिक कार्यालय मोरङ परिसरमा आयोजित रक्तदान कार्यक्रममा...
विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९...
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल...
विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन...
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटनको दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई...
नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
काठमाडौं, ३१ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए । बैठकका लागि...
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन...