विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरद्वारा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन - News Birat

विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरद्वारा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन

न्यूज विराट

विराटनगर, १५ फागुन । नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा विएसडब्लुका विद्यार्थी र विकल्प फेलोज विराटनगरको आयोजनामा ४२ प्रिण्ट रगत संकलन गरिएको छ ।

विराटनगर स्थित जिल्ला ट्राफिक कार्यालय मोरङ परिसरमा आयोजित रक्तदान कार्यक्रममा रगत संकलन गरिएको हो । समुदायमा रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

विराटनगरमा विरामीहरुका लागि रगतको अभाव हुन नदिने उद्धेश्यले रत्तदान कार्यक्रमको आयोजना गरिएको सामाजिक अभियन्ता बसन्त अधिकारीले बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय विराटनगरका अधिकांश ट्राफिक प्रहरीहरुले रत्तदान गरेका थिए । आज संकलन गरिएको ४२ पिण्ट रगत मध्ये ९ पिण्ट रगत विराटनगरका विभिन्न अस्पतालहरुमा रगतको अभावले छटपटिएका विरामीहरुलाई प्रदान गरिएको आयोजक संस्थाले जनाएकोे छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles