विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् । लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल दिन माग राखेका हुन् ।
दुई साताअघि दसैंअगावै बक्यौता भुक्तानी राफसाफ गर्ने प्रतिबद्धता गरिएकोमा अन्तिम समयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफल गरेका गरेका थिए । अर्थमन्त्री पौडेलले दसैंअघि नै बाँकी रकम भुक्तानी गर्न प्रयासरत भएको बताएका थिए । अहिलेसम्म भुक्तानी नपाएपछि तत्काल दिन माग गरिएको महासंघको उपाध्यक्ष आङदोर्जे लामाले सरकारले नै भुक्तानी नगरेको कारण निर्माण व्यवसाय मार्कामा परेको बताए । दुई महिनाअघि बक्यौता भुक्तानी नपाएको भन्दै विभिन्न क्षेत्रमा निर्माण व्यवसायीहरूले आन्दोलन गरेका थिए । फेरी पनि भुक्तानी नपाए आन्दोलनमा उत्रिन बाध्य हुने उनले बताए । उनले विगतको सबै भुक्तानी र चालु वर्षमा भएको कामको भुक्तानी सुनिश्चितता नभएसम्म थप ठेक्का प्रक्रिया अघि बढाउन नसकिने बताए । छलफलका क्रममा निर्माण व्यवसायीहरूले पुरानो भुक्तानी क्लियर नगरेसम्म नयाँ ठेक्का नलगाउन आग्रह गरेका छन् । निर्माण व्यवसायीले सरकारलाई बिल उपलब्ध गराएको रकम मात्रै ४५ अर्ब बढी रहेको बताएका छन् । त्यस्तै, उपलब्ध गराउनु पर्ने बिल र म्याद थपपछिको दायित्वसमेत जोड्दा एक खर्ब बढी पुग्ने उनीहरूको दाबी छ । सरकारको कारणले गर्दा काममा ढिलो हुने गरेको उनले बताए । राज्यले तयारी बेगार ठेक्का लगाएको कारणले निमार्ण व्यवसायीहरु समस्या परेको उनको भनाई छ ।
काठमाडौं, कात्तिक १०-प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा...
विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...
विराटनगर, ३ माघ । लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ...
विराटनगर, बैशाख १८–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले आगमाी बजेटमा कृषकका लागि प्रयाप्त सिँचाई सुविधा सहितको बजेट बिनियोजन गर्न सुझव दिएका छन् । उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा सांसदहरुबिच आगामी बजेटमा समेटिनुपर्ने विषयवस्तुका विषयमा भएको...
हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै...
एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...
विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...
तनहुँ, १२ वैशाख-व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ ।व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान...