मनमोहनमा चेक चोरेर साढे दुई लाख झिकेको आरोपमा दुई विद्यार्थी पक्राउ

 न्यूज विराट
मनमोहनमा चेक चोरेर साढे दुई लाख झिकेको आरोपमा दुई विद्यार्थी पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयबाट चेक चोरी गरि लाखौ रुपैयाँ झिकेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज–६ सप्तरीका सुमित सागर यादव र टंकप्रसाद यादव छन् ।
उनीहरूले एकाउन्ट शाखाबाटै १२ पिस चेक चोरी गरेको आरोप छ । जसमध्ये ६ वटा चेकमा लेखा अधिकृत जानकी लेखी र कार्यालय प्रमुख सुदिप अधिकारीले हस्ताक्षर गरेका थिए । उक्त चेकबाट विद्यार्थीद्वय यादवले २ लाख ६६ हजार ६९२ रुपैयाँ निकालेको प्रमाणित भएको मोरङ प्रहरीले जनाएको छ । हस्ताक्षर गरेको चेक सकिएपछि आफैं किर्ते गरेर बैंक गएपछि भने उनीहरुमाथि शङ्का लागेर बैंकले विश्वविद्यालयलाई जानकारी दिएको थियो ।
मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले लेखा अधिकृतको टेबुलमा कसैलाई दिन भनेर तयार पारेको चेक चोरी भएको पाइएको बताए । ‘कार्यालय प्रमुखको हस्ताक्षर गर्न बाँकी थियो । यि विद्यार्थीहरु लेखामा आउने जाने गरिरहन्थे । उनीहरुले १२ वटा चेक चोरेछन् । ६ वटामा हस्ताक्षर गरेको चेक थियो । त्यसपछि उनीहरुले चेक साटे । पछि आफैं हस्ताक्षर गर्दै चेक काटेर पैसा निकाल्ने प्रयास गरेको रहेछ । त्यसपछि बैंकले थाहा पाएपछि उनीहरुबारे विश्वविद्यालयमा जानकारी आयो र उनीहरु पक्राउ परे,’ जोशीले भने ।
बुधबार उनीहरुलाई पक्राउ गरेर चेक चोरीको केसमा म्याद थप गरि अनुसन्धान भइरहेको उनले बताए । ‘गत आइतबार चेक साटिएको भन्ने कुरा आएको छ । सायद चेक चोरी पनि त्यही दिन भएको हुनसक्छ,’ जोशीले भने, ‘उनीहरुले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । प्रमाणले पनि देखाइसकेको छ । अहिले चेक चोरी र किर्तेमा मुद्दा जानसक्छ । अहिले चेक चोरी चोरीको अभियोग नै मुख्य रुपमा रहने भयो ।’
उता विश्वविद्यालय स्रोतले भने चेक चोरीमा लेखा अधिकृतकै संलग्नता हुनसक्ने दाबी गरेको छ । ‘चेक चोरीको विषयमा जानकारी आएपछि पनि विश्वविद्यालय पदाधिकारीले नै प्रहरीलाई नै अनुसन्धान गर्नमा रोक लगाएको थियो । तर, अन्तिम समयमा निमुवा प्रहरीले थाहा पाएर कडाइ गरेपछि विद्यार्थी पक्राउ गर्यो,’ उक्त स्रोतले भन्यो, ‘१० दिन अगाडि नै चेक हराएको हो । न दराज टुटेको छ, न ढोका फुटेको छ । मिलेमतो हुनसक्छ । छाप पनि चोरी गरेको हुनसक्छ । त्यति समयसम्म चेक हराएको विषयमा बैंकलाई जानकारी पनि दिइएन ।’
चोरी भएको चेक राष्ट्रिय वाणिज्य बैंकको हो । चेक हराएको विषयमा विश्वविद्यालयले बैंकलाई समेत जानकारी दिएको थिएन । उक्त विषयमा कार्यालय प्रमुख अधिकारीले भने आफूहरुलाई चेक हराएको विषयमा एकैचोटी आइतबार मात्रै थाहा भएको बताए । ‘चेक हराएको थाहा भएपनि चोरी भएको विषयमा भने थाहा नहुँदा बैंकलाई जानकारी नदिएको हो,’ उनले भने । पक्राउ परेका दुई विद्यार्थीलाई भने जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उक्त चेकमा हस्ताक्षर गर्ने लेखा प्रमुख बोर्ड अफ जस्टिज सत्यनारायण चौधरीकी श्रीमती जानुका लेखी हुन् ।

सम्बन्धित समाचार

महिला जागृतीसमूह विराटनगरद्वारा होलिमिलन कार्यक्रम

विराटनगर, ७ चैत । हिन्दुहरूको महत्वपूर्ण चाड होलीको अवसरमा महिला जागृतीसमूह विराटनगरले होलिमिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर स्थित होटल ह्यारीसनमा होली मिलन समारोह आयोजना गरेको हो । कार्यक्रममा महिला जागृती समूहकी अध्यक्ष...

मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी

एजेन्सी, मंसिर १-मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ । फाइजर कम्पनीले बनाएको खोप...

खानपिन र व्यायाममा ध्यान दिए मुटुमा मात्र होइन् धेरै रोगबाट बच्न सकिन्छ

नेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा कहलिएका चिकित्सकको रूपमा चिरपरिचत रहेका छन्, डा. निकेशराज श्रेष्ठ । उनी विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट हुन् । डा. श्रेष्ठले धेरै नेपाली नागरिकलाई नयाँ जिवन प्रदान गरिसकेका छन् ।...

साैराहामा जम्मा हुँदै एमाले कार्यकर्ता

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...

सप्तकोशीसहित करोडौं कर बुझाउन सिमेन्ट उद्योगको अटेर

विराटनगर । कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले प्रदेश सरकार र स्थानीय सरकारलाई कर तिर्न अटेरी गरेका छन् । प्रदेशमा २७ वटा सिमेन्ट उद्योग दर्ता रहेकोमा सञ्चालनमा रहेका १४ वटा सिमेन्ट उद्योगले दुई वर्षदेखि कर तिर्न इन्कार...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

विराटनगर, ४ असोज–प्रदेश एक मा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरमा ५७, सुनसरीमा ११, झापामा चार, पाँचथरमा एक र प्रदेश एक बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

विराट गोल्डकप चैत १४ गतेबाट सुरू, तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागि हुने

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्