जनचेतनाले लागूऔषध प्रयोगकर्तामा एचआइभि संक्रमण घटदै

 न्यूज विराट
जनचेतनाले लागूऔषध प्रयोगकर्तामा एचआइभि संक्रमण घटदै

विराटनगर । लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ । रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो ।
सन् २००४ मा गरेको सर्वेक्षणमा एक सय जना लागूऔषध प्रयोगकर्ताहरुमा गरेको सर्वेक्षणमा ५० जना प्रयोगकर्ताहरुमा एचआइभी संक्रमण देखिएको रिकभरी नेपाल कोशी प्रदेशका उपाध्यक्ष सञ्जीव चापागाईंले बताए । पछिल्लो समयमा गरेको सर्वेक्षणमा एक सय जना प्रयोगकर्ताहरुमा दुई जनामा मात्रै एचआइभी संक्रमण देखिएको उनले बताए । सचेतना मुलक कार्यक्रम र जनचेतनाको कारणले गर्दा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभी संक्रमणको दर घटदै गएको उनले बताए । ‘यो सकात्मक पाटो हो,’ उनले भने, ‘सचेतनाको माध्यमक्रमण एचआइभी संक्रमण दर घटाएर लैजानुपर्दछ । त्यसको लागि राज्यले साथ सहयोग गर्न जरुरी रहेको छ ।’

रिकभरी नेपालका अनुसार लागूऔषध प्रयोगकर्ताहरुको संख्या भने दिनप्रतिदिन बढदै गएको बताएको छ । सन् २०१३ मा ९१ हजार ५३४ रहेको प्रयोगकर्ताहरु २०२० मा गरिएको सर्वेक्षणले यो खंख्या बढेर एक लाख ३० हजार ४२४ पुगेको छ । तीमध्ये महिलाको संख्या ८ हजार ७३२ छ । हालसम्म नयाँ तथ्याङ्क सार्वजनिक नभए पनि लागूऔषध प्रयोगकर्ताको सङ्ख्या अझै बढिरहेको उपाध्यक्ष चापागाईंले बताए । उनका अनुसार ७५ प्रतिशत लागूऔषध प्रयोगकर्ता २५ देखि २९ उमेर समूहका युवा र युवती छन् ।
लागूऔषधको समस्यालाई रोकथाम गर्न प्रदेश र स्थानीय सरकारले कुनै ठोस कदम नचालेकोमा चापागाईंले गुनासो गरे । उनले यसको न्यूनीकरणका लागि तीनै तहका सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा रिकभरी नेपालका फोकल पर्सन निस्मा नेपालले लागूऔषध नियन्त्रण र व्यवस्थापनका लागि कानुनी र नीतिगत परिवर्तनको आवश्यकता रहेको बताइन् । लागूऔषध प्रयोगकर्ताका लागि पुनःस्थापना र व्यवस्थापनका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा उनले बताइन् ।
कार्यक्रममा बोल्दै परिवर्तन शिल समाजकी अध्यक्ष मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्नेमा जोड दिइन् । मोरङमा १२ हजार बढी यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु रहेको जानकारी गराउँदै उनले उनीहरुको हकहितमा पनि राज्यले ध्यान दिनुपर्ने बताइन् ।

सम्बन्धित समाचार

लैंगीक समानता तथा समावेशीकरण नीति बनाउने तालिम सम्पन्न, ९ स्थानीय तहको २५ जनाको सहभागि

विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो । उनीहरुले...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

कटहरीका वडा सदस्य र स्वयंसेविकालाई साइकल वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा सदस्यहरू र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।कटहरीमा मंगलबार एक कार्यक्रम आयोजना गरी ५६ वटा साइकल वितरण गरेको हो । काम कारवाहीमा छिटो र छरितो सेवा प्रभावहा गर्ने...

हवाइसेवा बन्द हुँदा नमूना संकलनमा समस्या

सरकारले हवाइसेवासहित देश लकडाउन गरेपछि सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को ‘स्वाव’ परीक्षणमा समस्या देखिएको छ । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रदेशमा ‘स्वाव’ परीक्षणमा समस्या भएको हो । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको...

भोजपुरको शहीद पार्क संरक्षणविहीन अवस्थामा

भोजपुर, फागुन ९–भोजपुर सदरमुकाममा रहेको शहीद पार्क संरक्षणविहीन अवस्थामा पुगेको छ । विगतमा जिल्ला विकास समितिको संरक्षणमा रहेको सो पार्क अहिले आएर जिल्ला समन्वय समितिमातहतमा रहेको छ । सदरमुकामभित्र रहेर पनि पार्कको उचित व्यवस्थापन हुन...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

होटल क्षेत्रका कर्मचारीलाई चैतको पूरै तलब, वैशाखबाट आधा

ठूला होटलहरूले चैत महिनामा कर्मचारीको पूरा तलब दिएको बताएका छन् । विशेषगरी तारे होटलहरूको संस्थाका रूपमा चिनिने होटल एशोसियसन अफ नेपालले चैतमा कमजोर अवस्थाका बीच कर्मचारीलाई पूरा तलब दिइसकेको जानकारी गराएको छ । अब भने...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ४५ संक्रमित थपिए

विराटनगर, २८ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्