पक्राउ पछि पूर्वमन्त्री अधिकारीले भने, ‘अनुसन्धानलाई सहयोग गर्छु ’

 न्यूज विराट
पक्राउ पछि पूर्वमन्त्री अधिकारीले भने, ‘अनुसन्धानलाई सहयोग गर्छु ’

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।
आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु पर्छ । म कानुन मान्ने मान्छे हो । कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो ’
उनले अनुसन्धानबाट सत्यतत्य सबै बाहिर आउने समेत विश्वास व्यक्त गरे । यसअघि पत्रकार सम्मेलने अधिकारीले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उनले जिकिर गर्ने गरेका छन् । तर जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको आशंका छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उनको दाबी छ ।
जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनी अनुसन्धानको दायरामा आएका हुन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए ।

सम्बन्धित समाचार

देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक

सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् । पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान,...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...

थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २८ माघ । नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको नमूना परीक्षण गर्दा थप १ हजार १ सय २८...

विपन्न विद्यार्थीलाई राहात वितरण

विराटनगर, नेपाल बाल संगठन मोरङका सचिव राजु मास्केज्युको समन्वयमा श्री बाल मन्दिर आधारभूत विधालयमा पढ्ने विद्यार्थीहरुलाई राहात वितरण गरिएको छ । १३ औं गणतन्त्र दिवसको अवसरमा जर्मनी गैर आवासीय नेपाली संघका विशिष्ट संरक्षक दयाराम पौड्याल...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

कोभिड–१९ कोषमा निर्माण व्यवसायीको ९१ लाख सहयोग

काठमाडौं, २८ चैत-नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले जम्मा ९१ लाख सहयोग गरेको छ । सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टागरि जम्मा भएको...

२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी...

जेसी बाल सदनमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगरस्थित जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुलमा परिसरमा शनिबार खाना महोत्सव, कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धीत विभिन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्