वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा सूदुरपीश्चम र कर्णालीलाई सफलता
सोमबार, १९ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सवै विकेट गुमाई १ सय ३३ रनको योगफल बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए ।
१ सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित हुन पुग्यो । मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा यूनिस ठकुरीले ३ विकेट लिए । कर्णालीले खेलेको ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेशले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा सूदुरसँग कोशी प्रदेशले १ सय २३ रनको लज्जापद पराजित भोगेको छ । टस जितेर ब्याटिङ गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सवै विकेट गु्माई १ सय ८३ रन बनायो । सूदुरका सूवराज खत्रीले ४४ रन बनाउँदा अविशेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए ।
१ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो । कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय हुन पुग्यो । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए त्यस्तै नरेन भट्टले पनि ४ विकेट लिए । सूदुरले सवै ५ खेल खेल्दै ५ मा जित हात पार्दै १० अंककासाथ दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेको ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका पुछारबाट दोस्रो स्थानमा रहेकोे छ ।
मंगलबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछ ।
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...
विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन र मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ । गत आइतबारदेखि सुरु भएको स्पोर्ट्स मिट बुधबार समापन भएको हो ।विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै...
विराटनगर । विराटनगर १५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना प्रहरी आज साझमा घाइते...
विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।समाजका...
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘ सरकार प्रादेशिक...
विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको...
विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय...
विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...