विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदिप कुमार दासले स्वच्छ, निष्पक्ष र मयार्दित रुपमा व्यापार व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेको गरे । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका उपाध्यक्ष धनबहादुर काफ्लेले चिकित्सकले लेखिदिने पूर्जीमा औषधीको नाम नबुझ्ने तरिकाले लेखिदिदा विरामीलाई औषधी दिन समस्या हुने गरेको बताए । चिकित्सकले विरामीको पूर्जीमा औषधी नाम लेख्दा प्रष्ट तरिकाले बुझनको लागि क्यापिटल अक्षरमा औषधीको नाम लेखिदिन उनले आग्रह गरे । कार्यक्रममा नेपाल फर्मासिस्ट एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भू साह, नेपाल चिकित्कस संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र चौधरीलगायतले बोलेका थिए ।
संघका अध्यक्ष देशबन्धु ढकालको सभापतिमा भएको कार्यक्रमको संचालन महासचिब अरुण ब्राहमणले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले भने संघका उपाध्यक्ष जितु रजकले अतिथिहरुलाई स्वागत सम्मान गरेका थिए । राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एनसिडिए मोरङमा एकताबद्ध भएर व्यवसायीहरुको हकहितमा काम गर्दै अगाडी बढेको बताए । बाहिर बजारमा हल्ला भएजस्तो संघमा कुनै पनि विवाद नभएको भन्दै उनले व्यवसायीहरुको हकहितमा संघ सक्रिय रुपमा अगाडी बढने उनले बताए ।
विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...
विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी...
काठमाडौं, ४ जेठ-आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० मध्ये ७ जना एकै वडाका बासिन्दा रहेको खुलेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पुष्टि भएकामध्ये ७ जना रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का...
विराटनगर । स्थापना कालदेखिनै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम...
सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...
विराटनगर, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट...
स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...
काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...