यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सपलता
मङ्गलबार, १३ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सवै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो । कर्णालीका कप्तान मनिष थापाले सर्वाधिक ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । सूदुरका नरेन साउदले सर्वाधिक ५ विकेट विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रन मात्र दिए । साउद खेलको प्लेयर अफ म्याच समेत भए ।
७५ रनको झिनो लक्ष्य पाएको सूद्रले १८ दशमलव १ बलमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । सूदुरका नरेन भट्टले २८ रन बनाउँदा यूवराज खत्रीले २३रन जोडे कर्णालीका यूनिष ठकुरीले सर्वाधिक ३ १ विकेट लिए । सूदुरको २ खेलमा २ अंक छ भने कर्णालीले खेलेको दुवै खेलमा पराजित भएसँगै अंक विहिन छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा मधेशले वागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ३ बलमा सबै विकेटको क्षतिमा १ सय ४२ रन बनायो । मधेशका इमरान शेखले सर्वाधिक ५४ रन बनाए । वागमतीका दयानन्द मण्डलले सर्वाधिक ३ विकेट विकेट लिए ।
१ सय ४३ रनको विजयी लक्ष्य पाएको वागमती ३९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो । वागमतीमा रिङजिन लामाले सर्वाधिक नटआउट ३५ रन बनाए । मधेशका राजेश यादवले ३ विकेट लिँदा अफ्रुदिन रैनले पनि ३ विकेट लिए । प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । मधेशको ३ खेल २ खेल जित्दै ४ अंकका साथ दोस्रो स्थान छ भने वागमतीको २ खेलमा १ खेलमा जित हात पार्दै पाँचौ स्थानमा रहेको छ ।
मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस...
विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...
विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...
विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...
विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।...
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ ।बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध...
विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् ।मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका –...