मोरङ ट्राफिकको सचेतना अभियान तिव्र, सिटी सफारीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी
शनिबार, ०३ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि सिटी सफारी चालक र ठेला चालकहरुलाई ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय सिटी सफारीले ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले सचेतना अभियानलाई तिव्रता दिएको हो ।
अभियान अन्तर्गत विराटनगरमा सिटी सफारी चालकलाई र सडकमा व्यापार गर्ने ठेला चलाउनेहरुलाई भेला पारेर ट्राफिक सचेतना मूलक जानकारी गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । ‘सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरी अभियानको थालनी भएको छ,’ ट्राफिक प्रहरी निरीक्षक लम्सालले भने, ‘अहिले बजार क्षेत्र सिटी सफारीले ट्राफिक नियमको पालना नगर्दा अस्तव्यस्त रहेको छ । ट्राफिक व्यवस्थपनलाई सहज बनाएर दुर्घटना न्यूनिकरण गर्नको लागि अभियान सुरु गरिएको हो । ’ सिटी सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई प्रशिक्षण दिई सडक अनुशासनको पालना गराउने उनले बताए । ‘सडक प्रयोगकर्ताहरूलाई अनुशासित तवरले सवारी साधन चलाउन लगाएर सम्भवयताको सँगसँगै सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गराउने यो अभियानको एउटा उद्देश्य पनि हो,’ उनले भने, ‘अभियानको क्रममा सडक प्रयोगकर्ताहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनमा भएका नियम र ऐनको जानकारी गराएर सजक गराइन्छ ।’ सडक सुशासन तथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवार समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ ।
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...
काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...
रौतहटको चन्द्रनिगाहपुरमा पूर्वमन्त्री सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते भएका छन् । रौैतहटको चन्द्रनिगाहपुर पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिभिल हस्पिटलनजिकै भएको दुर्घटनामा चन्द्रपुर—६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । पूर्वपर्यटनमन्त्री योगेश भट्टराई सवार ज १ झ...
विराटरनगर । स्थानीय स्तरमा सवै भाषा भाषिका कविहरु बिच आपसी भाईचारको माध्यमले कला संस्कृतिलाई जर्गेना गर्ने विराट मैथिल नाट्य कला परिषदको अध्यक्षमा डोमी कामत चयन भएका छन् ।पूर्व निर्धारित कार्यक्रम मासिक काब्य गोष्ठीको अवसरमा आयोजना...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...
काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...
विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...
विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल...