
प्रदेश १ मा २ लाखको कोरोना परिक्षण
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
विराटनगर । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी नवराज कार्कीको आकस्मिक रुपमा सरुवा गरेको छ ।
मोरङ आएको आज ८ महिना पूरा भएकै दिन प्रहरी प्रधान कार्यालयले कार्कीको प्रहरी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो ।
आर्थिक अनियमिततामा मुछिएको पाइएपछि कार्कीलाई प्रहरी हेडक्वार्टरले जिम्मेवारी खोसेको स्रोतले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मोरङका एसपी कार्कीको प्रहरी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको जानकारी दिए । मोरङको प्रहरी प्रमुखमा अपराध अनुसन्धान कार्यालयकै राजन लिम्बूलाई जिम्मेवारी दिइएको छ । प्रवक्ता कार्कीले सरुवाको कारणबारे भने जानकारी नभएको बताएका छन् ।
सामान्यतः प्रहरी अधिकृतहरुको एक वर्षे अबधि पुरा भएपछि मात्र नियमित सरुवा हुने गरेको छ । २०८० फागुन २ गते मोरङको एसपी भएर आएका कार्कीको भने ८ महिनामै सरुवा भएको हो ।
एसपी कार्कीले यसअघि प्रमुख जिल्ला अधिकारी र सशस्त्र एसपीसँग मिलेर तस्करीको लाइन चलाएको भन्दै उनीविरुद्ध प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी परेको थियो । उनीहरुले तस्करीको सामानमा छुट दिएवापत विभिन्न व्यापारी र तस्करी चलाउनेहरुसँग मासिक लाखौं रुपैयाँ लिने गरेको आरोप लागेको थियो । त्यसबारे छानविन भएपनि कुनै कार्वाही भएको थिएन ।
मोरङका सुरक्षा प्रमुखहरु फेरिएपछि तस्करीको सामान बरामदीमा कमी आएको थियो भने राजश्व पनि घटेको थियो । तस्करीसँग जोडिएर मोरङका राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईविरुद्ध पनि उस्तै उजुरी परेकोमा उनीमाथि पनि कार्वाही भएको थिएन । प्रसाइको पहुचको आधारमा सरुवा नभएको स्रोतको भनाइ छ ।
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...
विराटनगर । युवा व्यवसायी एवम् समाजसेवी यश बगडीयाले विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । अरुले अनावश्यकरुपमा मोटो रकम खर्चिएर तडकभडक गर्दै जन्मदिन मनाउने गरेको भएपनि बगडीयाले भने विपन्न परिवारलाई सहयोग...
कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...
विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल...
विराटनगर । मंसिर ४ गते हुने निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये मोरङ क्षेत्र नं. ६(१) पनि हो । प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो । जहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका...
विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। शनिबार विराटनगरमा सम्पन्न फाइनल खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गर्दै...
विराटनगर । अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीको रुपमा कहलिएका प्रहरी निरीक्षक प्रकाश थापालाई सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक थापालाई २०८१ साल...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.