एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न

 न्यूज विराट
एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ ।

बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको हो ।

बाल मनस्थितीबाटै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जगाउनु पर्छ भन्ने उद्देश्यका साथ एभरेष्टले मन्टेश्वरी तहमा चाडपर्व उत्सव मनाएको हो । जहाँ प्ले ग्रुपदेखि कक्षा १ सम्मका बालबालिकाको सहभागिता र प्रस्तुति थियो । बालबालिकाले दशैं, तिहार र छठ लगायतका पर्वमा गाइने संगीतमा नृत्य प्रस्तुत गर्ने देखि लिएर चाडपर्वका कथा अनुसारका प्रहसन समेत प्रस्तुत गरे ।

यस्तै दशैंमा पूजा गरिने नौं दुर्गाको अवतारमा प्रस्तुत भएका बालिकाहरूले आ–आफ्नो स्वरुप अनुसारका दुर्गाको महिमा प्रस्तुत गरे भने तिहारमा खेलिने देउसी र भैलो खेलेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रममा सहभागि मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले आफूहरुले सोचेँ भन्दा राम्रो प्रदर्शनी गरेको बताउनुभयो । यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यालयले बाल्य अवस्था देखि नै बुझाउन चाहे गरि आ–आफ्नो संस्कृती र संस्कृति संस्कृति बिचको सद्भाव बालबालिकाले बुझ्ने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता

विराटनगर । विराटनगर– ७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कक्षा – १२ मा अध्ययरत विद्यार्थीहरू हाजिरी जवाफ प्रतियोगिता सोमबार आयोजना गरेको हो । क्वीजमा कक्षा १२ का नौ वटा टीमको...

कारोना संक्रमितको उपचारका लागि कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयार

विराटनगर, चैत ४–कोरोना भाईरसबाट संक्रमित भएका बिरामीको उपचारको लागि कोशी अस्पतालले आइसोलेसन वार्ड तयार गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका संक्रमित आए त्यसको तत्काल उपचार थाल्ने गरि आजबाट ३ वटा वार्डमा १२...

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

काठमाडौं, ९ माघ । नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस जिन पोजिटिभ आएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।...

व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...

मल किन्दा १ अर्बभन्दा बढी भ्रष्टाचार

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद...

खैरो हिरोईनसहित २ जना पक्राउ

विराटनगर । लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प अगाडीबाट लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको हो । लागूऔषध ओसारपसार तथा...

ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव

काठमाडौं, १९ वैशाख-नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेलगत्तै उपाध्यक्ष वामदेव गौतमले कानुनी परामर्श थालेका छन् । संविधान संशाेधन नगरी तत्कालका लागि प्रधानमन्त्री बन्ने सबै बाटो बन्द देखेका वामदेवले राष्ट्रियसभा...

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु

विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को उद्घाटन गर्नु भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्