लायन्स क्लव डिष्ट्रिक ३२५ सीको सामाजिक काम, पन्ध्र हजार अमेरिकी डलर बराबरको राहत बाढने

 न्यूज विराट
लायन्स क्लव डिष्ट्रिक ३२५ सीको सामाजिक काम, पन्ध्र हजार अमेरिकी डलर बराबरको राहत बाढने

विराटनगर । लायन्स अन्तराष्ट्रियले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ ।
लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण गर्ने तयारी गरेको हो ।
जसमध्ये लायन्स क्लव डिस्ट्रिक ३२५ सी ले पन्ध्र हजार अमेरिकी डलर बराबरको सहयोग कोशी प्रदेशमा वितरण गर्ने गर्भनर विकास अधिकारीले जानकारी दिएका छन् । ‘हाम्रो डिष्ट्रिक ३२५ सी ले कोशी प्रदेशमा अन्तराष्ट्रिय पोलिसी अनुसार पन्ध्र हजार डलरको सहयोग तत्काल राहत स्वरुप उपलब्ध गराउने छ,’ अधिकारीले भने, ‘बाढी बाट उच्च जोखिममा परेका नागरिकसम्म राहत पु¥याउने छौं ।’
पछिल्लो तीन दिनमा समेत पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ । त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

प्रदेश १ सरकारलाई कतार च्यारिटीद्वारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...

नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय...

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

पाँचथरको मिक्लाजुङकी लावती पुग्छिन् कोशी प्रदेशमा लाग्ने हरेक एक्सपोमा

विराटनगर । कोशी प्रदेशमा लाग्ने हरेक महत्सव तथा एक्सपोमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावती किवीबाट बनेको परिकार लिएर पुग्ने गर्छिन् । लावतीको माङपाहाङ लावती कृषि उद्योगबाट बनेको किवीको जुसलगायतको पर्दशन गर्ने...

प्रचण्डको षडयन्त्र र माधवको कुण्ठा पराजित

काठमाडौं, फागुन २३ । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको छ । सर्वाेच्चले आज नेकपा बिवादमा अन्तिम फैसला सुनाउँदै कट्टेल नेतृत्वको नेकपालाई...

सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर भए वैज्ञानिक, स्कुलले गर्यो सम्मान

विराटनगर । विराटनगर स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलबाट माध्यमिक शिक्षा एस.एल.सी उत्तीर्ण गरेका एक जना विद्यार्थी वैज्ञानिक भएपछि स्कुलले सम्मान गरेको छ ।सगरमाथा स्कुलका पुर्व विद्यार्थी अमर गुप्ता युवा वैज्ञानिक भएपछि मंगलबार स्कुल परिसरमा एक...

सुर्खेत अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमित निको भए, आज घर जाँदै 

सुर्खेत, २९ जेठ-प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमित ३१ जना आज (बुधबार) निको भएर घर फर्किन लागेका छन् । प्रदेशबाट विभिन्न जिल्लाका कोरोना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर पठाउन लागिएको हो । अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्