मोरङमा यात्रु सहायता कक्ष १० ठाउँमा संचालन

 न्यूज विराट
मोरङमा यात्रु सहायता कक्ष १० ठाउँमा संचालन

विराटनगर । मोरङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सायहता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी विराटनगरमा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याइएको छ । विराटनगर महानगरपालिका–११ बसपार्कमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’को कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले उद्घाटन गरे ।
कक्षको उद्घाटन गर्दै डीआईजी खापुङले चाडपर्वका बेला यात्रुलाई आइपर्ने समस्याको चाँडोभन्दा चाँडो सम्बोधन गर्न प्रहरीलाई निर्देशनसमेत दिए । खापुङले प्रदेशका १४ वटै जिल्लाका विभिन्न ठाउँ एवं सवारीसाधनको चाप धेरै भएका स्थानमा ‘यात्रु सहायता कक्ष’को स्थापना गरिने बताए ।

चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने ठूलो संख्याका यात्रुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै कक्षको स्थापना गरिएको र सडकमा निगरानी बढाइएको उनको भनाइ छ । ‘बाढी र पहिरोका कारण सडक यात्रा त्यति सहज छैन । अब विस्तारै सहज हुँदै जान्छ,’ डीआईजी खापुङ भन्छन्, ‘चाडपर्वमा सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ । सहायता कक्षले सर्वसाधारणको यात्रालाई सहज, सुरक्षित एवं भरपर्दो बनाउन, यात्रुमैत्री वातावरण तयार पार्न तथा सार्वजनिक सवारीलाई नियमन र निगरानी गर्न सहज बनाउने छ ।’
संवेदनशील ठाउँ भएका कारण बसपार्कमा प्रहरीको प्रभावकारी उपस्थिति आवश्यक रहेको उनी बताउँछन् । सडक यात्रालाई सहज बनाउन तथा ट्राफिक नियमको उल्लंघन रोक्न यातायात व्यवसायी, मजदुर, प्रहरी तथा सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको खापुङले बताए ।
‘यातायात क्षेत्रमा बिचौलियाको जगजगी हुनसक्छ । त्यस्ताले यातायात क्षेत्रको बदनाम गराउँछन् । गलत गर्नेलाई कारबाही गरेर समाजका अगाडि उदाङ्गो बनाउनुपर्छ । विपद्ले गर्दा यातायात क्षेत्र सहज छैन । त्यही पनि सबै मिलेर नेपालीका चाडपर्वलाई रमाइलो र हर्षोल्लासपूर्ण बनाउनुपर्छ,’ उनले भने ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा मोरङमा १० ठाउँमा सहायता कक्षको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार कक्षलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा यात्रुका समस्या तत्काल सम्बोधन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ । मोरङका विभिन्न ठाउँमा कक्ष स्थापना गरिने लम्सालले बताए ।
उनका अनुसार यात्रुको सहजताका लागि सबै सरोकारवालासँग समन्वय भइरहेको छ । यात्रामा कुनै समया आए तत्काल सहायता कक्ष र ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायलाई जानकारी गराउन यात्रुहरुलाई आह्वान गरिएको इन्स्पेक्टर लम्साल बताउँछन् । ‘यातायात व्यवसायीलाई यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर सवारीसाधन चलाउन अनुरोध गरिएको छ,’ उनले भने ।
सुनौलो पूर्वनेपाल यातायात सेवा प्रा।लिका महासचिव धर्मदेव साहले यात्रुमैत्री सेवा प्रवाहका लागि यातायात व्यवसायी र मजदुर प्रतिबद्ध रहेको बताए । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले सवारीसाधन र सार्वजनिकस्थलका गलत गतिविधि रोक्न प्रहरी सक्रियता बढाउनुपर्ने बताए । ‘सबैको सहयोगमा गलत गतिविधिलाई निर्मूल पार्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘यसमा प्रहरीको भूमिका अहम् हुन्छ ।’

सम्बन्धित समाचार

मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

बाबुराम–हिसिलालाई कोरोना

काठमाडौं, ८ कात्तिक-जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणमा आफूहरुलाई कोरोना पोजिटिभ देखिएको भट्टराईले जानकारी दिए ।...

खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ ।शिक्षामन्त्री सुमना श्रेष्ठले आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसितको जुम मिटिङमा मेयर कोइरालाले खुल्ला प्रतिस्पर्धाबाट...

तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड

विराटनगर । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको...

सप्तरीमा तीन हजार ७५४ जनालाई कोरोनाविरुद्धको खोप लगाइने

कोरोना भाइरसविरुद्धको कोभिसिल्ड नामक खोप प्रदेश हुँदै आज सप्तरी आइपुगेको छ । पहिलो चरणमा प्रदेशबाट ८ सय ३३ भाइल अर्थात ८ हजार ३३० डोज खोप कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणअन्तर्गत सप्तरीमा...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि...

‘प्राकृतिक भन्दा मानवीय कारणले विपद्को जोखिम बढ्दो’

विराटनगर,८ असार । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भैरहेकोले यसतर्फ सबैले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिनु भएको छ। उहाँहरुले विपद कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो । गृह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्