विराटनगरमा मनाइयो विश्व मुटु दिवस

 न्यूज विराट
विराटनगरमा मनाइयो विश्व मुटु दिवस

विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो ।

सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने विषयमा प्रकाश पारिएको थियो ।

तनाव व्यवस्थापन, आहार परिवर्तन र जीवनशैली मार्फत आफ्नो मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने बारे बताइएको थियो । हृदय रोग विशेषज्ञ डा. प्रशान्त शाहले मानिसको मुटु स्वस्थ राख्ने उपायबारे प्रकाश पारेको रोटरी क्लब अफ विराटनगर डाउनटानकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट बिहारका मन्त्रीको निधन

एजेन्सी, ३० असोज-भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका...

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने नेकपाको घोषणा

काठमाडौं, २८ वैशाख-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण गरेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय...

अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...

सर्वोच्चले भन्योः लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी...

सबै अन्तर्राष्ट्रिय उडान स्थगित

सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको...

प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

रुकुम घटनाः जनार्दन शर्माले अपराधीलाई बचाउन खोजेको भन्दै प्रतिनिधिसभामा चर्काचर्की

काठमाडौं, जेठ १३–रुकुमको घटनालाई लिएर संघीय संसदको प्रतिनिधिसभामा चर्काचर्की भएको छ । प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बोल्ने क्रममा सत्ता पक्ष सांसदले वडा अध्यक्षको बचाउ गरेपछि प्रतिपक्षी सांसदले विरोध जनाएका थिए । सत्तारुढ नेपाल...

कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौं, १६ असार-नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्