कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

 न्यूज विराट
कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौं, १६ असार-नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ ।

काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर सो ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टाइन व्यस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।

काँग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हुँदैं जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ ।

भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताए ।

साथै उनले पीसीआर परीक्षण हाल दैनिक ८ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए । सहमहामन्त्री डा. महत नेतृत्वको प्रतिनिधिमण्डलमा नेताहरु एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी सहभागि थिए ।

प्रतिनिधिमण्डलले आजै अपरान्ह २ बजे अर्थमन्त्रीसँग कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा छलफल गर्न भेट्ने कार्यक्रम रहेको जनाएको छ । रासस

सम्बन्धित समाचार

नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवसमा रक्तदान, २३ जनाले गरे

विराटनगर । नेपाल औषधि व्यवसायी संघ, मोरङ शाखाले संघको ५२औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका दृष्टिले महत्वपूर्ण मानिएको यस कार्यक्रम संघको सप्ताहव्यापी गतिविधिको छैटौं दिनको...

राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका...

राप्रपा अध्यक्षमा लिङदेन विजय

काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...

टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६ रनले हराउँदै इलामको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्लालाई हराउँदै इलामले रोमाञ्चक जित निकालेको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित...

व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका...

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै विराटनगरका चिकित्सकहरूको आन्दोलन

विराटनगर । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै विराटनगरका चिकित्सकहरूले आन्दोलन सुरु गरेका छन्। सोमबार चिकित्सकहरूले यहाँका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेका सेवा ठप्प पारेका छन्।चिकित्सकहरूको आन्दोलनले कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा इमर्जेन्सीबाहेका सेवा प्रवाह...

नेपाल–भारत रेलवे सम्झौता संशोधन हुँदै, लागत घट्ने भएपछि व्यवसायी उत्साहित

काठमाडौं, २० असार । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट संशोधन हुने भएको छ । संसोधन भएपछि नेपाली व्यवसायीले जुनसुकै कार्गो रेलमार्फत भारतबाट सामान ल्याउन पाउँनेछन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संशोधनको ड्राफ्ट भारत सरकारलाई पठाएको...

नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्