विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो ।
विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा गरेको थियो । त्यसैगरी ओपीडिमा हेरेको विरामीको ल्याबमा पनि १५ प्रतिशत छुट दिएको छ । अस्पतालले सचेतना मुलक कार्यक्रम पनि आयोजना गरेको छ । विराट टिचिङ हस्पिटलका प्राडा प्रशान्त साहले पछिल्लो समय नेपालमा मुटुसँग सम्बन्धित समस्या बढदै गएको बताउ । कतिपय कलिलो उमेरमै मुटुरोगबाट पीडित छन् भने कति हृदयघातको सिकार भएको उनले बताए ।
‘मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो छ । युवा उमेरमै हृदयघात हुने जोखिम उत्तिकै छ । यस्ता सम्भावित जोखिमबाट बच्ने राम्रो काइदा भनेको जीवनशैलीमा परिवर्तन गर्नु हो,’ उनले भने । मुटुरोग लाग्ने अनेक कारणहरु भएको उनले बताए । ‘त्यसमध्ये अस्वस्थकर जीवनशैली र तनाव पनि एक हो । पछिल्लो समय मुटुरोगी बढ्नुमा यही कारण मुख्य मानिएको छ । तनाव कम गर्ने बहानामा मद्यपान, धुम्रपान, निद्रा लाग्ने औषधि सेवन गर्ने गरिएको छ । यसले मुटुलाई सोझै असर गर्छ,’ उनले भने ।