बन्द भएको कोशी अस्पतालको ‘एनआइसियू’ सुचारू, विरामीलाई राहत

 न्यूज विराट
बन्द भएको कोशी अस्पतालको ‘एनआइसियू’ सुचारू, विरामीलाई राहत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालको एनआइसियू बन्द भएको दुई वर्षभन्दा बढी समयपछि सुचारू भएको छ । अस्पतालको आकस्मिक कक्ष माथिको भवनमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बन्द भएको लामो समयपछि पाँच शैय्याको एनआइसियू सुचारु गरेको हो ।

एनआइसियू सेवा कोशीमा बन्द रहदा सर्वसाधरणले चर्को शुल्क लिएर निजी हस्पिटल जान बाध्य रहेका थिए । ठाउँ अभाव र दक्ष जनशक्ति नभएको देखाउँदै कोशी अस्पताल प्रशासनले दुई वर्ष अगाडीदेखि एनआइसियूको उपकरणहरू स्टोरमा थन्काएर सेवा ठप्प पारेको थियो । अब एनआइसियू सेवा सुचारु भएपछि विरामीलाई सहजता भएको कोशी अस्पतालको मेसु डा. रविराज सिंहले बताए । थप जनशक्ति व्यवस्थापनमा ध्यान दिएर अगाडी बढने उनले बताए । ‘अहिले पनि जनशक्ति अभाव रहेको छ । विकास समितिबाट थप व्यवस्थापन गरेर एनआइसियूलाई व्यवस्थित गरेर अगाडी लैजानेछौं,’ उनले भने ।
अस्पतालको पेडयाडिक वार्ड ३२ बेडको संचालनमा रहेको छ । अहिले संचालन गरेको एनआइसियूमा मेडिकल अपिसर र स्पाट नर्स अभाव रहेको कोशी अस्पतालका बच्चा विभागका प्रमुख डा. रामनारायण चौधरीले बताए ।

सम्बन्धित समाचार

बलात्कार आरोपी सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं, पुस १४–बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सिद्धबाबा भनिने...

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट...

कोरोमा माहामारीमा पनि सामाजिक काममा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर, २३ असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

भारतीय सीमामा थप कडाइ, लुकिछिपी नेपाल छिर्नेलाई कारबाही गर्ने निर्णय

काठमाडौं, २१ वैशाख-कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सिमामा पठाइने भएको छ । आइतबार गृहमन्त्री रामबहादुर थापा 'बादल'को उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकमा...

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

एजेन्सी, साउन २३-भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५ सय ३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५...

कास्की कारागारमा १ कैदीको मृत्यु

कास्की कारागारका १ कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी अपराधमा कास्की कारागारमा कैद सजाय मुक्तान गरिरहेका पोखरा महानगरपालिका-१८ सराङकोटका ४५ वर्षीय शुनील नेपालीको शनिबार मृत्यु भएको हो । खाना खाँदा खाँदै अचानक बेहोस भएर...

सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

काभ्रेपलाञ्चोक, २ वैशाख-काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा...

नेप्से १९.२९ अंकले बढेको बढ्यो, साढे ६ अर्बको बारोबार

काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । सोमबार २८७५.०५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्