देशभरीका डेन्टल चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदै
शुक्रबार, ०४ असोज, २०८१,
न्यूज विराट
विराटनगर – नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा शनिबार हुने भएको छ । देशभरीको डेन्टल चिकित्सक भेला हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । राष्ट्रिय सम्मेलन सफल बनाउन नेपाल डेन्टल एसोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताको संयोजत्वमा ४३ सदस्यीय मुल समारोह समिति बनाएको छ । सम्मेलनमा देशभरीका करिब ४ सय दन्तचिकित्सकहरुको सहभागिता रहने केन्द्रीय अध्यक्ष प्रणयरत्न शाक्यले जानकारी दिए । राष्ट्रिय सम्मेलनमा करिब १६ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त वक्ताहरुको सहभागिता रहने बताइएको छ । ‘त्यस बाहेक दर्जनौ दन्त्तचिकित्सकहरुले आफुले गरेको उपचारको सन्दर्भमा गरेको वैज्ञानिक कागज पोस्टरहरु सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ,’ अध्यक्ष शाक्यले भने, ‘विराटनगरमा हुन लागेको डेन्टल एसोसिएसनको पहिलो राष्ट्रिय सम्मेलन हो । ’ सम्मेलनमा दन्त्तचिकित्साको क्षेत्रमा आएको नविन्तम उपकरणहरुको करिब ३० वटा कम्पनीले चिकित्सकहरुको सामु प्रदर्शनी पनि गर्ने डेन्टल एसोसिएन मोरङका महासचिब डा. विवेक मेहताले जानकारी दिए । ‘सम्मेलनको मुख्य थिम भनेको दन्त चिकित्सा कार्टे सुन्दर मुस्कान सिर्जना गर्दै अगाडी बढनु हो । यो सम्मेलनले दन्तचिकित्साको क्षेत्रमा भएका नविनतम उपचार पद्धतिका सन्र्दभमा चिकित्सकहरु बीच आपसी अनुभव साटासाट सँगै भातृत्वमा समेत विकास गर्ने हाम्रो विश्वास रहेको छ,’ महासचिब मेहताले भने । राष्ट्रिय सम्मेलनको अवसर पारेर एसोसिएननले विराटनगरको तीन ठाउँमा शुक्रबार कार्यशाला गोष्ठी पनि आयोजना गरेको छ । दन्त चिकित्साको तीन भिन्न क्षेत्रको विषयमा जानकारी दिने उद्देश्यले तीन ठाउँमा २५ जनाको समूह बनाएर ७५ जना चिकित्सकहरु वर्कसपमा सहभागि रहेको डेन्टल एसोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताले जानकारी दिए । जसमध्ये रोटरी इन्डोडन्टिक्सको बारेमा डा. दिपक रोयले सहजिकरण गर्दैछन् । त्यसैगरी पोस्ट एण्ड कोरको बारेमा डा. श्याम काजि महर्जन र बेसिक इम्प्लान्टोलोजिको बारेमा डा. आलोक सागतानिले जानकारी गराउनेछन् । एसोसेसनको राष्ट्रिय सम्मेलनको उदेघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नेछन् ।
काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...
विराटनगर । झापाको सुरुङ्गामा चारवर्ष अगाडी भएको एउटा दुर्घटनामा संलग्न चालकलाई नौवर्ष कैद र ६० हजार रुपैँया जरिवानाको फैसला भएपछि परिवारको बिचल्ली भएको छ । २०७७ फागुन १९ गते तीनवटा सवारी एक आपसमा ठोकिदाँ दुईजनाको...
विराटनगर, ३१ साउन–प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ महिला...
विराटनगर । प्रदेश १ को १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोउत्कृष्ट सामुदायिक विद्यालय रहेको पाइएको छ । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पुरा गर्ने प्रदेशमा...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि...
विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव सुरु भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन विराटनगर १५ का प्रकाशत साह र १६ का वडाअध्यक्ष उद्धव...
अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा भनिएको छ, ‘पीएलएले...
काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन...