राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुन : जीवन काफ्ले

 न्यूज विराट
राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुन : जीवन काफ्ले

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुन : जीवन काफ्ले निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको सहकारीको २६ औँ बार्षिक साधारणसभाले काफ्ले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा तुलसीनारायणअधिकारी¸ सचिवमा ओमराज सुवेदी¸ कोषाध्यक्षमा फणिन्द्रनाथ अधिकारी रहेका छन् । संचालक सदस्यहरुमा तुलसीप्रसाद खतिवडा¸ प्रदीपकुमार पाण्डे¸ कमला दाहाल¸रोहित पौडेल¸जय प्रसाद काफ्ले¸ केदार प्रसाद चौधरी र यादवदेवी सुवेदी सर्वसहमत चयन भएका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजक अन्तिमकुमार आचार्य र सदस्यहरुमा चोमेशकुमार पोखरेल र रोशनकुमार पोखरेल सर्वसहमत चयन भएका हुन । नयाँ कार्यसमितिको कार्यकाल ४ बर्षको रहनेछ ।

सहकारीले ४९ करोड ६८ लाख ९३ हजार ६३६ रुपैयाको कारोबार गरेको छ । सहकारीको शेयर रकम ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैया रहेको छ भने बचत ३४ करोड ९४ लाख ६८ हजार ३७० रुपैया रहेको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा १ करोड ९१ लख ५५ हजार १५९ रुपैया पुगेको छ भने सहकारीको कूल कोष ४ करोड ८७ लाख ८९ हजार १८ रुपैया रहेको छ ।

सहकारीले ४ करोड ८२ लाख ०४ हजार ५८६ रुपैया आम्दानी गरेकोमा ४ करोड १८ लाख ५२ हजार ७४१ रुपैया खर्च गरेर ६३ लाख ५१ हजार ८४४ रुपैया खुद नाफा कमाएको छ । सहकारीमा १ हजार ८४७ जना शेयर सदस्य रहेका छन् ।

साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधाका पुरस्कारहरु पनि वितरण गरेको थियो । सहकारीले किशोरी खतिवडा स्मृति पुरस्कार अक्षयकोषबाट साहित्यकार भवानी खतिवडालाई सम्मान गरेको छ ।

त्यसैगरी स्व दधिराम दाहाल स्मृति अक्षयकोषबाट कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय रामबहादुर मगरलाई प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै उत्कृष्ट अंक साथ प्लस टु उतीर्ण गर्ने विज्ञान र अन्य संकायका गरी ३ जना शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको छ भने विद्यावारिधी गर्ने १¸ स्नातकोत्तर उपाधी हासिल गर्ने १३ जना र स्नातक उपाधी हासिल गर्ने ८ जना शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ ।

सहकारीले स्व डमरुबल्लभ बसन्तकुमारी चापागाई स्मृति पुरस्कार¸ मायादेवी हरिमाया न्यौपाने स्मृति पुरस्कार र गणेशचेतन राई स्मृति पुरस्कारबाट आ।व।०७९ र ८० सालको एस।इ।इ। परीक्षामा उत्कृष्ठ अंक ल्याउने सदस्यका सन्तती मध्येबाट ७ जनालाई पुरस्कृत गरेको छ ।

सम्बन्धित समाचार

मोरङ ४ मा सत्ता गठबन्धनको चुनावी अभियान तीव्र (फोटो फिचर)

विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं। ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले...

खेलाडी राष्ट्रको गहना हुनः मुख्यमन्त्री राई

विराटनगर, २० असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताउनु भएको छ। प्रदेश नं १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एशियन तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई...

मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष...

पाटन अस्पतालमा कोरोना स‌ंक्रमित युवकको मृत्यु

काठमाडौं, १४ भदौ-पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको...

३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र...

कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

विराटनगर । सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी...

घरमै राहतले दैनिक ज्यादारी काम गर्ने विपन्न परिवारमा खुशि

विराटनगर, चैत २८–प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि मोरङको कटहरी गाउँपालिका–६ मा खुसी छाएको छ । कटहरी गाउँपालिका–६ नं. वडाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने यस्ता...

उदयपुरमा बम विस्फोट

विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्