बास्केटबलको उपाधि विकेभीएम र अरनिलाई

 न्यूज विराट
बास्केटबलको उपाधि विकेभीएम र अरनिलाई

विराटनगर । पाँचौ संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएस र अरनीको स्कुलले जितेको छ । एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार सम्पन्न भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।
पुरुषतर्फको फाइनल खेलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६–३५ अंकले पराजित गर्दै उपाधि हात पारेको छ । त्यसैगरी एभरेष्ट स्कुल तृतीय भयो ।
महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६–२४ अंकले पराजित गर्दै उपाधि जितेको छ । एभरेष्ट स्कुल तृतीय भएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विकेभीएमका आकाश यादव र महिलातर्फ अरनिको स्कुलकी नोभा ओझा घोषित भईन् । उनीहरुले ट्रफी र दुई हजार ५ सय रुपैया नगद पुरस्कार पाए । सगरमाथाका नविन मेहेता र महिलातर्फ विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भईन् । डिफेन्सीप खेलाडी सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल भईन् ।
प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त,मोरङ बास्केटबल संघका उपाध्यक्ष अनिल राई,तेज राज गिरी,नवनित प्रधान, सरोज बस्नेत, सागर ढुंगाना, अनुभव दाहाल लगायतले वितरण गरेका थिए ।
विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म संचालन भएको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा विद्यालयले भाग लिएका थिए ।

सम्बन्धित समाचार

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

सिरहामा कोरोना संक्रमित युवकको मृत्यु

वीरगञ्ज, २३ साउन-सिरहामा १ जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका- १२ का २१ वर्षीय युवकको मृत्यु भएको हो ।   सिरहाका प्रमुख जिल्ला...

२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...

भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे

रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी...

कोरोना संक्रमित ७ वर्षीय बालकका आफन्तको स्वाब परीक्षण हुँदै

हेटौंडा, ४ जेठ-मकवानपुरको थाहा नगरपालिका घर भएका ७ वर्षीय कोरोना संक्रमित बालकको सम्पर्कमा आएका आफन्तलाई परीक्षण गर्न हेटौंडा ल्याइएको छ । थाहा नगरपालिकाल संक्रमित बालकको घर र मामाघरका गरी ११ जनाको स्वाब संकलन गरी पीसीआर...

२४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, १९ हजार ११९ निको भए

काठमाडौं, ९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८५५ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्