जुवाको अखडामा प्रहरीको छापा, एमाले नेतासहित १८ लाख ५१ हजार बरामद
आइतबार, ३० भदौ, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पुर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राती गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए । यसरी पक्राउ पर्नेहरुमामा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार मास्के, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुबर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रहेका छन् ।
सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए । ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरु जुवा खेल्ने गरेका थिए । यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेश प्रदेशबाट पनि जुवाडेहरु ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए । खोला छेउ छाउको घरहरुमा व्यवस्थित रुपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट र जुवा खालबाट १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो ।
जुवा खाल कसले संचालन गरेको थियो भनेर यकिन भइसकेको छैन । उक्त खाल ‘बाह्रमासे’ जुवा खालका रूपमा परिचित थियो । प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सम्भव हुन सकिरहेको थिएन ।
यसअघि पनि प्रहरीले जुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, प्रहरीलाई परै देख्नासाथ खालबाट फरार भएका कारण जुवाडे पक्राउ परेका थिएनन् ।
चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधीहरु हुने भएकोले प्रहरीले कडा निगरानी गरेको एसपी कार्कीले बताए । यसअघि पनि डिएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले यस क्षेत्रको पुगेर अनुसन्धान गर्दै आएको उनले बताए । पक्राउ परेका जुवाडेहरुलाई इलका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीरुलाई आज जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।
विराटनगर, १ भदौ । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन् । आज विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी...
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ ।व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार गरेको हो ।बिजनेस आइडिया...
एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले...
काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३० कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...
विराटनगर । युएनडीपीद्धारा विराटनगरस्थित कोशी अस्पताललाई सरसफाइ गर्ने उपकरणहरु हस्तान्तरण गरेको छ । अस्पतालमा एक कार्यक्रम आयोजना गरी १० लाख ८४ हजार ८ सय ३८ मुल्य बरावरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।युएनडीपका प्रोग्राम कोडिनेटर...
चितवन, १५ वैशाख-चितवनको नारायणगढस्थित प्रभु बैंक शाखामा आगलागी भएको छ ।विद्युत चुहावट भएर आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...
जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...