नाबुन विराटनगरको सामाजिक काम : बहिरा बालवालिकासँग मनाए बाल दिवस
आइतबार, ३० भदौ, २०८१,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले सामाजिक काम गरेर ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ । विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका शनिबार नावुनले ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सामाजिक काम गरेर बाल दिवस मनाएको हो ।
विराट बहिरा माविमा अध्ययरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री, बालवालिकाहरुकोे हेयर कटिङ, नेल कटिङ, खाद्य सामाग्री वितरण र सचेतना मुलक कार्यक्रम आयोजना गरि ६० औं राष्ट्रिय बाल दिवस मनाएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरकी अध्यक्ष भली सुब्बाले जानकारी दिइन् । अध्यक्ष सुब्बाले सामाजिक काम गर्दै विराट बहिरा माविका बालवालिकाहरुसँग बाल दिवस मनाएको बताइन् । कार्यक्रममा बोल्दै उनले सिप सिक्ने इच्छुक विद्यार्थीहरुलाई राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनरले ब्यूटिसियन सम्बन्धी तालिम निःशुल्क दिने बताइन् । ‘सिप सिक्ने चाहने भए हामी निः शुल्क सिकाइदिनेछौं । सिपलाई आत्मसाथ गरेर अगाडी बढाउनु पर्दछ । लगनसिल भएर आफ्नो पेशाप्रति जिम्मेवार भएर लागे सफलता प्राप्त मिल्नेछ,’ उनले भनिन् । अहिले आवश्यकता पनि सिप र संस्कारसहितको शिक्षा भएको जानकारी गराउँदै अध्यक्ष सुब्बाले बालबालिकाहरु भविष्यको कर्णधार भएको बताइन् । शिक्षालाई प्राथामिता दिएर अगाडी बढाउन सके सफलता प्राप्त हुने अध्यक्ष सुब्बाको भनाई छ ।
नाबुन विराटनगरको महासचिब बसन्ती गुरूङले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय उपमहासचिब ममता प्रधान रहेकी थिइन् । त्यसैगरी कार्यक्रममा जफन्ट महिला कमिटिकी सचिब सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, प्रदेश कोषाध्यक्ष अमिता पोखरेल, सदस्य चन्द्रा घिमिरे, गंगा तामाङ्गलगायतका ब्यूटिसियनहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । नावुन विराटनगरले यसपनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
काठमाडौं, ७ भदौ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७...
विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...
विराटनगर, १४ वैशाख । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । आफ्ना जायज मागहरु पुरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हस्ताको...
काठमाडौं, १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो । ६ महिना...
काठमाडौं, फागुन २१–अर्थमन्त्री डा. युवराज खतिवडाले शपथ लिएका छन् । राष्ट्रियसभामा पदावधि सकिएसँगै मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका डा.. खतिवडाले बुधबार अर्थमन्त्रीमा पुनः शपथ लिएका हुन् । शपथ लिएसँगै डा. खतिवडाले बुधबार नै पदभार ग्रहण गरेका...
काठमाडौं, १० वैशाख-बन्दाबन्दीका कारण प्रत्येक वर्ष वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि ५ दिनसम्म गोकर्णेश्वर नगर क्षेत्रमा मनाइने ऐतिहासिक कान्तिभैरव जात्रा स्थगन गरिएको छ । राजा मानदेवका पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा...
काठमाडौं, असार ७ । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गर्नुभएको हो । गृहले एक नम्बर प्रदेशमा...
विराटनगर, बैशाख २१-मोरङका घरेलु साना उद्योगीहरुले सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा प्रदेश १ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३...