विराटरनगर । स्थानीय स्तरमा सवै भाषा भाषिका कविहरु बिच आपसी भाईचारको माध्यमले कला संस्कृतिलाई जर्गेना गर्ने विराट मैथिल नाट्य कला परिषदको अध्यक्षमा डोमी कामत चयन भएका छन् ।
पूर्व निर्धारित कार्यक्रम मासिक काब्य गोष्ठीको अवसरमा आयोजना गरेको ११औं सधारण सभाले कामतको अध्यक्षमा ९ सदस्य मैथिल नाट्य कला परिषदको कार्यसमिति चयन भएको हो ।
परिषदले हरेक महिनाको तेश्रो शनिवार विराटनरमा बहुभाषिक कवि गोष्ठीको आयोजना गर्दे स्थानीय स्तरका विभिन्न भाषाका कवि र साहित्यकार बिच आप्सी भाईचाराको माध्यमले भाषा र संस्कृतिको संरक्षण गर्दे आएको छ ।
बहुभाषि कबि गोष्ठीको ८ औं श्रखंला अन्तर्गत भएको ११ औं साधारण सभाले कामतको अध्यक्षतामा गठन भएको समितिका उपाध्यक्षमा बिनोद चौधरी ,सचिवमा किरण झा र कोषाध्यक्षमा महेश कुमार यादब चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमश ः गंगा कामत , भोगानन्द मेहता , शान्ता कर्ण , राजु कामत , निलु कर्ण चयन भएका छन। त्यस्तै सल्लाहकारहरुमा गिता कोईराला , कर्ण संजय , शिवनारायण पंण्डित( सिगंल) , बिजय राय ,ईन्द्र परियार चयन भएका छन् । सो अवसरमा नेपाली , मैथिली भाषाका करिव एक दर्जन कविहरुले आ आफ्ना कविता बाचन गरेका छन । कविहरुले आफ्ना कविताको माध्यमले समाजमा आप्सी भाईचारालाई मजबुत बनाउने प्रस्तुती गरेका थिए । कवि चन्द्रकान्त भट्टराई , बाबुराम पोखरेल , भरत बरबरिक ,रोहिनी रसिक , भवानी प्रसाद पोखरेल , शैलेन्द्र घिमिरे, प्रिन्स प्रमोद ढकाल , शान्ता कर्ण किरण राय , सविना श्रेष्ठ, श्यामु भट्टराई , भोगेन्द्र मेहता लगायतका कविले आफ्ना प्रस्तुती प्रस्तु्त गरेका थिए ।
कर्ण संजयका अध्यक्षतामा सम्पन भएको बहुभाषिक कवि गोष्ठी र सधारण सभाको प्रमुख आतिथ्यमा शिवनारायण पंडित (सिगल) रहेका थिए । सो अवसरमा सलिम अन्सारी , डा एस एन झा , प्रकाश प्रेमी, विजय राय , लगायतकाले शुभकामना मनतव्य राखेका थिए ।