एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

 न्यूज विराट
एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गरेका हुन् ।

एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मंगोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिर स्वर्ण पदक जित्न सफल भए । त्यस्तै, ९१ किलो तौलमाथिको प्रतिस्पर्धामा किशोरवरुणले भारतका खेलाडीलाई हराएर स्वर्ण हात पारे ।
चन्द्रबहादुरले ६३ देखि ७० किलो तौल समूहमा प्रतिस्पर्धा गरेर रजत जितेका हुन् । उनले ताजिकिस्तानका खेलाडीलाई हराएर रजत ल्याएका छन् । यही भदौ ४ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालबाट खेलाडी, अम्पायर र अफिसियल गरेर १५ जना सहभागी भएका थिए । जसमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरे ।

प्रतिस्पर्धा गरेका मध्ये बाग्लुङकी सुस्मिता थापा, बाग्लुङकै सुन्दर ऐडी, काभ्रेपलाञ्चोकका रिक्सन वाईबा र सशस्त्र प्रहरी बल (एपीएफ)की खेलाडी लीलाकुमारी चौधरी पदकविहीन बनेर फर्किए । प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की र महासंघका महासचिव घमबहादुर थापामगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्कीका अनुसार प्रतियोगितामा एसियाका २४ वटा मुलुकको सहभागिता रहेको थियो । जसमा ५ सय ४१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक २ वटा स्वर्ण प्राप्त भएको जानकारी कार्कीले दिए । उनका अनुसार यसअघि सातौं एसियाली प्रतियोगितामा १ वटा स्वर्ण मात्रै प्राप्त भएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा टेबलटेनिस प्रतियोगिता, तीन स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा विराटनगरको तीन वटा स्कुल पुगेको छ ।विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिताको पाmइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल...

जापानी दूतावासमा ‘नो अब्जेक्सन’ लेटर लिनेको भीड

काठमाडौं, १९ साउन-नेपालस्थित जापानी दूतावासअगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरूको भीड लागेको छ । बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिक पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका...

सामान बोक्न नेपाल एयरका २ जहाज आज चीन जाने

काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...

विराटनगर विमानस्थलको मुआब्जाको काम सुस्त हुदा स्थानिय आक्रोशित

विराटनगर, ३२ साउन । विराटनगर–विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर...

सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र

आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरती खड्का र उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गराएकी नायिका सुष्मा कार्कीले उनीहरूसँग मिलापत्र गरेकी छिन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दुवै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । दुवै पक्षले अबदेखि यस्ता...

साउन पहिलाे साता चुनावकाे मिति घाेषणा हुने गगन थापाकाे दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता आगामी संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन् । उनले मंसिर ४ या ५ गतेका लागि चुनावको मिति तय हुने जानकारी पनि दिए । आज...

लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...

नक्सा र निशान छाप संशोधनको विरोधमा भारतको कूटनीतिक नोट

काठमाडौं, २५ असार-नेपालले प्रकाशित गरेको नेपालको नयाँ नक्सा र निशान छाप संशाेधनप्रति असन्तुष्टि जनाउँदै भारतले ‘कूटनीतिक नोट’ पठाएको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै गत ३१ जेठमा निशान छाप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्