दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग
बिहिबार, ०६ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् ।
भदौ ३ गते दिउँसो १२ बजे विराटनगर ७ घर भएका ४२ वर्षीय जय कुमार राईसहितको एक दर्जन बढी व्यक्तिहरु आएर दुव्र्यवहार गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएकी हुन् । पीडित भनिएका तिम्सिना सुन्दरहरैचना ८ मा ग्यासको डिलर संचालन गर्दै आएकी छिन् ।
चोरी पैठारी मुद्दामा पक्राउ पूर्जी जारी भएपछि पनि प्रहरीले भारतबाट क्यारिङ गर्ने सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरेलाई पक्राउ नगरेपछि राईसहितका आफन्त नियन्त्रणमा लिन उनको घर गएकी थिइन् । दुर्गा प्रेमकुमारीकी बैहनी हुन् । बैहनीलाई नियन्त्रणमा लिन जान खोज्दा चालक राईलेसहितको समूहले दुव्र्यवहार गरेको आरोप लगाएका हुन् । ‘मेरो पसलमा आइ बिना कारण विना कारण मलाई विभिन्न अश्लिल शब्द बोल्दै ज्यान मार्ने धम्कीदिदै मलाई कुटपिट गर्दै दुव्र्यवहार समेत गरेका छन् । मलाई कुटपिट गर्नेलाई कारवहीको हुनुपर्दछ,’ उनले प्रहरीमा लेखेको जाहेरी पत्रमा उल्ल्ेख छ । इप्रका बेलबारीले शुक्रबार दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
यता राई समूहले पनि क्यारिङ गर्ने घिमिरे र उनकी दिदी तिम्सिनाले पनि हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । तेही भएर इप्रका बेलबारीले दुवै पक्षलाई छलफलमा बोलाएको मोरङ प्रहरीले जनाएको छ । क्यारिङ गर्ने घिमिरे बिरुद्ध ७ माघ २०८० मा विराटनगर भन्सार कार्यालयले पक्राउ पूर्जी जारी गरेको थियो । ३ भदौमा पक्राउ परेपछि विराटनगर भन्सार कार्यालयले बुधबार साढे सात लाख रुपैयाँ धरौटि तोकेको थियो । धरौटि रकम बुझाएर उनी रिहा भएकी छिन् ।
यस घटनामा विराटनगरका सवारी चालक जय कुमार राईले भने क्यारिङ गर्ने घिमिरेले गलत बिलबिजक प्रयोग गरेर आफुलाई फसाएको गुनासो गर्दै आएका छन् । ९ कार्तिक २०८० मा भारतबाट तस्करीको सामान क्यारिङ गर्ने घिमिरेले दुई जना व्यक्ति परिचालन गरेर गलत बिलबिजक देखाएर राईको प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपमा अवैध सामान लोड गरेका थिए । बिलबिजक पनि भएको र गुडियाको सामान भएको भनेपछि आफुले पनि गुद्रीबाट नहेरि सुन्दरहैचना लैजाने सामान लोड गरिएको उनले बताउँदै आएका छन् । यता घिमिरे पक्षले भने गुद्रीबाट सामान लोड नभएर गोदामबाट लिएर गएको बताएका छन् । लोड गरेको सामान विराटनरको कन्चनबारी पुर्याएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि भन्सार लछी गरी ल्याएको सामान भएको भन्दै प्रहरीले भनेपछि मात्रै आफुले थाहाँ पाएको उनले सुनाए । बरामद गरेको सामान ७ लाख ५० हजार मुल्य बरावरको आठ सय ३४ थान कुर्तासलवार पिकअप गाडीबाट बरामद भएको थियो । सामान बरामद भएपछि लोड गर्ने दुई जना व्यक्ति फरार भए । सशस्त्र प्रहरीले पिकअप गाडीसहित राईलाई विराटनगर भन्सार कार्यालयमा बुझायो । नियन्त्रणमा परेको चारदिन पछि राईका परिवकारले ऋण खोजेर १३ कार्तिक २०८० मा ८ लाख ५० हजार ६ सय रुपैयाँ धरौटि बुझाएर रिहा भए । उनको गाडी अहिले पनि भन्सार कार्यालयै रहेको छ ।
काठमाडौं, १४ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेतासमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न...
काठमाडौं, ३ भदौ-नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो । महानगरीय अपराध महाशाखा प्रमुख...
विराटनगर, जेठ ९–विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश नं. १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् । वि.स.२०३४ मा निर्माण भएको सो भवनको हाल सम्म...
विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....
विराटनगर, बैशाख २७–नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ । शुक्रबार अबेर गरिएको परीक्षणमा उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना पुष्टि...
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पोषक प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा एसकेजीसम्म ६४ जना विद्यार्थीको...
विराटनगर, १९ माघ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको...
एजेन्सी, जेठ ८-गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...