भारत लैजान लागेको ६ जना बालकको उद्धार

 न्यूज विराट
भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक संस्थाले बुधबार दिउँसो १२ बजे नेपाल –भारत सीमा नाका विराटनगरको २ नम्बर ढाटबाट उद्धार गरेको हो ।

विभिन्न प्रोलोभन देखाएर उनीहरुलाई इटहरीका श्याम कुमार मुसहरले लिएर जाने क्रममा उद्धार गरिएको साना हात नामक संस्थाका प्रबन्धक बिवस श्रेष्ठले जानकारी दिए । उद्धार गरिएको बालवालिकाहरुलाई मासिक ५ देखि ६ हजार रुपैयाँ भारु रुपैयाँ हुने बताउँदै भारत लिएर जान लागेको बेला उद्धार गरिएको उनले बताए । उद्धार गरिएको बालवालिकाहरुलाई इलका प्रहरी कार्यालय रानीमा बुझाएको छ । उनीहरुलाई अभिभावक बोलाएर बुधबार जिम्मा लगाएको इलका प्रहरी प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै...

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

गौतमबुद्ध स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...

सरिता गिरीकाे ठाउँमा लीला सिटाैला बनिन् सांसद

काठमाडाैं, १२ साउन-निर्वाचन आयोगले लीला सिटौलालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाे घोषणा गरेको छ ।जनता समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीकाे ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सांसद बनाउने निर्णय भएकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 'सरिता...

चिनबाट ल्याइएको पिपिई विराटनगर आइपुग्यो, १४ जिल्लामै वितरण गरिने

विराटनगर, चैत १७संघीय सरकारले चीनबाट खरिद गरेर ल्याइएका एक हजार थान पिपिई आज अपरान्ह नेपाली सेनाको एनए ०६३ स्काई ट्रकबाट विराटनगर ल्याइएको छ । संघीय सरकारका प्रतिनिधिले उक्त पिपिइ प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई...

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १७ जेठ-सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये १ जना महिला पनि रहेकी छिन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका १ महिलासहित ९ जनामा...

आज लकडाउनको ३३औँ दिन

काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । लकडाउनका...

लकडाउनले पनि असर नगरेको रोजगारी 

काठमाडौं,२१ जेठ-कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । ११ चैतदेखि सुरु भएको लकडाउन ३२ जेठसम्म लम्बिएको छ । कोरोना सक्रमितको तथ्याङ्क बढ्दो छ । बुधबारसम्म देशभर २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्