विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा
मङ्गलबार, ०४ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो ।
क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् । जुलाई १ देखि उनले कार्यभार समालेका छन् । क्लबको प्रथम उपाध्यक्षमा बृज कुमार दास, द्वतिय उपाध्यक्ष प्रमोद कुमार साह, तृतीय उपाध्यक्ष श्रवण कुमार थापा, सचिव तेज नारायण साह, कोषाध्यक्ष सोमनी कुमारी साह, एलसिआईएफ कोर्डिनेटर डा. सुनिल रेग्मी, मेम्बरसीप चियरपर्सन नन्दु साह, सर्भिस चियर पर्सन प्रकाश कार्की, मार्केटिङ चियरपर्सन डा. संजय झा, तथा क्लवका डारेक्टरहरु ज्ञान बहादुर बस्नेत, डा. राजेन्द्र चौधरी, डा. प्रविण झा, संजिव पोखरेल लगायत रहेका छन् ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ डिष्ट्रिक सी का गभर्नर विकास अधिकारीले नवनियुक्त पदाधिकारीहरुलाई पदस्थापना गरेको क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहले बताए । कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले स्वास्थ्य क्षेत्रका समाजसेवीहरुले स्थापना गरेको हेल्थ प्रोफेसनल क्लव एउटा अवल, ससक्त र प्रभावकारी लायन्स क्लवका रुपमा स्थापित रहेको बताए । क्लवले पदस्थापना कार्यक्रमको अवसरमा ५ नयाँ सदस्य पनि थपेका छन् । औषधी व्यवसायी नारायण दाहाल, लोकेश मण्डल, कलेजोरोग बिशेषज्ञ डा. प्रताप सागर तिवारी, नेत्ररोग विशेषज्ञ डा. भाष्कर झा, र लियो सदस्य आशा जैशवाललाई क्लवका सदस्यका रुपमा मनोनित गरेका छन् ।
कार्यक्रममा पुर्व गभर्नरहरु लायन राजन खत्री, लिला ढुङ्गेल, भिम घिमिरेलेलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल चिकित्सक सघं कोशीमा निर्वाचित क्लवका पदाधिकारीहरुलाई सम्मान पनि गरियो । क्लवका डारेक्टर डा. राजेन्द्र चौधरी, क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, र क्लवका एलसिआईएफ चियरपर्सन डा. शुनिल रेग्मी नेपाल चिकित्सक संघ कोशीका क्रमशः अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचित भएको थियो । क्लबका बर्ष २०२३÷०२४ का अध्यक्ष डा. सुनिल रेग्मीले लायन्सका सेवाले गरेको योगदानलाई कदर गर्दै लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट र ३२५ सि मा जोन चियरपर्सनका रुपमा मनोनित भएको गभर्नर अधिकारी बताए ।
काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...
विराटनगर, बैशाख २–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले नागरिकता र मतदाता नामावलीका आधारमा मात्र राहत वितरण गर्न नहुने बताएका छन् । उनले नागरिकता र मतदाताका आधरमा भन्दा पनि आर्थिक अवस्थाकै...
काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...
विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायमको माग राख्दै नागरिक अपिल जारी भएको छ । सोमबार अर्चना थापा, अञ्जना शाक्य, अनिता थपलियालगायतले नागरिक अपिल जारी गर्दै प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक...
सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति,...
विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...
काठमाडौं, १८ साउन । नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...