ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

 न्यूज विराट
ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भिम दाहालले पुष्टि गरेका छन् । ‘अहिले यस घटनाको सुष्म रुपमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अहिले यतिमात्र भन्न सकिन्छ ।’ प्रहरीले नियन्त्रणमा लिएको आरोपितको नाम भने गोप्य राखेर अनुसन्धान सुरु गरेको छ । ‘नियन्त्रणमा लिएको व्यक्तिले लगाएको कपडामा रगत लतपतिएको छ । हामी घटनाको नजिक पुग्न लागेका छौं । एक जनाको मात्रै संलग्न छ कि अरुको पनि छ । त्यस विषयतर्फ पनि अनुसन्धानको दायरालाई फराकिलो बनाएका छौं,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।
आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । ऋषिदेवको घाटीदेखि मुनिका भाग एक ठाउँमा र टाउको अर्को ठाउँमा भेटिएको छ । प्रहरीले सुरुमा घाटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै गएपछि घाटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
ऋषिदेव रिङ बनाउने काम गर्दछन् । उनले रिङ बनाउने ठाउँमा शव भेटिएको हो ।
घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । ‘अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको छ । तालिम प्राप्त कुकुरलाई पनि ल्याएको छ,’ एसएसपी दाहालले भने ।

सम्बन्धित समाचार

कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित

काठमाडौं, ३० चैत-विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको...

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

कोलोम्बो, १८ मङ्सिर-घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी...

फलामले घोचेर घाइते पारी टिपरले किचेर दीलिपको हत्या

जनकपुर, पुस २७–शुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या...

सरकारी निवासमा पार्टीको बैठक गर्नु खुलेआम भ्रष्टाचार : कमल थापा

काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २ सय बढी कागतीका विरुवा रोपेको छ । क्लबले इक्राही स्थित एक फर्म हाउसमा २ सय वटा भन्दा बढी कागतीका विरुवा रोपेको हो । सेभ द इन्भाइरोमेन्ट, इकोनोमिक...

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु , आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए। ‘मंसिर ११, १२,...

तेजस्वी सहकारीद्धारा रक्तदान कार्यक्रम, ३६ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर – ५ मा रहेको तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा विराटनगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्