एमाले कोशीको १३ बुँदे आचार संहिता : सामाजिक संजालमा नेताका बारेमा लेख्न प्रतिबन्ध

 न्यूज विराट
एमाले कोशीको १३ बुँदे आचार संहिता : सामाजिक संजालमा नेताका बारेमा लेख्न प्रतिबन्ध

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचार संहिता जारी गरेको छ । विराटनगरमा शनिबार सकिएको बैठकले १३ बुँदे आचार संहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनीयता भङ्ग गरी अनधिकृत मिडियामा सम्प्रेषण गर्ने कार्य गर्न बन्द गर्न समेत निर्देशन दिएको छ ।
आइतबार बैठकको निर्णय सार्वजनिक गर्दै एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लागि १३ बुँदे आचार लागु गरेको बताए । नेकपा एमाले कोशी प्रदेश कमिटीले पारित गरेको १३ बुँदे संहितामा नेता कार्यकर्तालाई ठाउँ कुठाउँ नबोल्न समेत निर्देशन दिएको छ ।
पार्टीको पार्टीको नीति विधि, विधान, पद्धति र संस्थागत प्रणाली भन्दा बाहिर गएर कुनै पनि कार्य नगर्न समेत निर्देशन दिएको छ । पारित भएको आचार संहितामा पार्टीका नेता तथा कार्यकर्ताले गुटबन्दी पूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका बैठकहरू गर्ने काम गर्न नहुने आचार संहिता एमाले कोशीले बनाएको छ । संहितामा भनिएको छ,‘पार्टी नेता तथा कार्यकर्ताले ठाउँ कु ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इङ्गित बोल्न हुँदैन । कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिडने खेती गर्न नहुने र कुनै पनि अन्तरबिरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरूलाई मुछ्न वा विभाजित गर्ने कार्य गर्न हुँदैन ।’ यस्तै व्यक्तिगत स्वार्थ र महत्वकाङ्क्षा पुरा गर्ने माध्यमको रूपमा नेता कार्यकर्तालाई प्रयोग गर्न नहुने आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने आचार संहिता समेत पारित गरेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले मिसन ८४ पुरा गर्न एमाले जनताको घर सम्म पुग्ने बताए । उनले यसका लागि एमाले प्रदेशबाट जिल्ला पालिका र टोल हुँदै घर घरमा पुग्ने बताए ।
इन्चार्ज राईले मुलुकको अग्रगमनका लागि ठुला दलहरू एमाले र काङ्ग्रेस मिलेर सरकार चलाएको भन्दै ८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने गरी काम थालिएको बताए ।
एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्त्तितक मसान्त भित्रमा अधिवेशन गर्न बाँकी रहेको जिल्लाहरूको अधिवेशन सम्पन्न गर्ने बताए । ‘बैठकबाटै हामीले कार्तिक सम्ममा सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेका छौ । हामी समयमै बाँकी रहेका जिल्लाहरूको अधिवेशन सम्पन्न गर्छौ । कोशी प्रदेशमा मोरङ, इलाम र तेह्रथुम जिल्लाको अधिवेशन गर्न बाँकी रहेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले दैनिक ‘प्रेस व्रिफिङ’ गर्ने

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–...

सगरमाथा प्लसटुद्धारा विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगर – १० मा रहेको सगरमाथा प्लस टुले कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सगरमाथा प्लस टु परिसर भित्र आइतबार विहान भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई...

कोशी प्रदेशका नवनियुक्ति मन्त्री र राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित...

संसद विघटनबारे भारतले भन्यो–यो नेपालको आन्तरिक मामिला हो

काठमाडौं, १२ जेठ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले...

सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...

कोरोनाबाट २४ घण्टामा १३ सय ६६ जनाको मृत्यु, ३१ हजार नयाँ संक्रमित

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो १४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६...

पूर्वमन्त्री पण्डितको पहलमा कोशी अस्पताललाई ४ वटा भेन्टिेलेटर प्रदान गरिँदै

विराटनगर, ३० असोज–प्रदेश १ मा भेन्टिलेटरको अभाव भइरहेका बेला पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा विराटनगरस्थित कोशी अस्पताललाई ४ वटा भेन्टिलेटर प्रदान गरिने भएको छ । पूर्वमन्त्री पण्डितको पहलमा ताईवानको ‘टिजुची...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्