राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित छलफल, अधिकतम पदक जित्ने गरी तयारीमा लाग्न जोड
शुक्रबार, ३२ साउन, २०८१,
न्यूज विराट
विराटनगर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट प्रतिनिधित्व गरेर जाने खेलाडीहरुले अधिकतम पदक जित्ने गरी तयारीमा लाग्नुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरमा शुक्रबार भएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम सहभागिहरुले यस्तो बताएका हुन् । १० औं बृहत् राष्ट्रिय खेलकुदको आयोजना कर्णालीमा हुदैछ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले २०८१ साल मंसिर २ देखि ७ सम्म प्रतियोगिता गर्न कर्णाली प्रदेशलाई झण्डासमेत हस्तान्तरण गरिसकेको छ । पहिलोपल्ट राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुन लागेको हो । त्यसको तयारी स्वरुप प्रदेश खेलकुद विकास बोर्डले सरोकारवालहरुबीच अन्र्तक्रिया गरेको हो । कार्यक्रममा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको कोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्नुपर्नेमा जोड दिए । मन्त्री राईले प्रदेशका खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने गरी आवश्यक तयारी गर्नुपर्ने बताए । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण(पर्शुराम) बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले जिल्ला खेलकुद विकास समितिमार्फत् प्रत्येक जिल्लामा खेल सङ्घहरूको सहकार्य र समन्वयमा प्रतियोगिता लक्षित आयोजना अघि बढाउने बताए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले सरकारले खेलकुद क्षेत्रमा भने जति लगानी गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे । प्याकुरेलले निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व (सिएसआर) अन्र्तगत खेल क्षेत्रमा लगानी बढाउनु सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । त्यस्तै कोशी फुटवल सङ्घका अध्यक्ष किशोर राईले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने बताए । राईले सामाजिक विकास मन्त्रालयले ५० वर्षअघिको अवस्थामा सम्झेर नभएर ५० वर्षपछिको योजना बनाएर खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले खेलकुद क्षेत्रलाई राज्यले प्राथामिकतामा राख्नुपर्नेमा जोड दिए । विगतको वर्षहरुमा पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट आइटिएम तेक्वान्दोबाट सबैभन्दा बढी पदक जित्न सफल भएको जानकारी गाराउँदै उनले आइटिएफलाई प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए । प्रदेशका १४ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्व गर्दै झापाका अध्यक्ष प्रशान्त भण्डारीले खेलकुदमा जनशक्तिको अभाव पूर्ति गर्न मन्त्रालयले तत्काल नयाँ प्रशिक्षकरूको नियुक्ति गर्नुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा बोर्डका सदस्य तथा विभिन्न खेलकुद सङ्घका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू ,१४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।
विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज...
काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...
भारतीय क्वारेन्टाइनमा रहेर आमाको किरिया गरिरहेका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट घर आउन पाउने भएका छन् । गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय...
विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...
विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनमा हस्पिटल सञ्चालनमा आउने...
काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र र्यापिड डाइग्नोष्टिक (आरडिटी)...
सुर्खेत, ७ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय कर्मचारी नियुक्ति गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन...
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक...