ग्रामीण विकास लघुवित्तद्वारा भव्य वार्षिकोत्सव, उत्कृष्ट महिला सदस्यहरु सम्मानित

 न्यूज विराट
ग्रामीण विकास लघुवित्तद्वारा भव्य वार्षिकोत्सव, उत्कृष्ट महिला सदस्यहरु सम्मानित

विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न प्रदेशहरुमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाएको हो ।

संस्थाको बिराटनगर स्थित संचालन तथा सुपरिवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ४२ वटा शाखा कार्यालयहरुबाट छनोट गरिएका ४८ जना उत्कृष्ट महिला सदस्यहरुलाई जनही दश हजार रुपैयाँको दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्‍यो। कार्यक्रममा सहभागी सदस्यहरुलाई दूरी अनुसार एक हजार देखि पाँच हजार सम्म यातायात तथा खाना खर्च पनि उपलब्ध गराइएको थियो।

झापा, मोरङ्ग, सुनसरी, सिराहा, सप्तरी र उदयपुरका विभिन्न स्थानबाट आएका सदस्य तथा अभिभावकहरुलाई बरगाछी स्थित कञ्चनजङ्घा ब्याङ्केटमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको थियो। प्रशिक्षकद्वय मोतिराम अधिकारी र कुमार बहादुर सिंहले यस विषयमा विशेष कक्षा सञ्चालन गरेका थिए।
वार्षिकोत्सवकै अवसरमा संस्थामा २५ वर्ष अनवरत सेवा पुर्‍याएका ६४ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक र कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रमको अध्यक्षता संचालन तथा सुपरिवेक्षण कार्यालय प्रमुख कुमार बहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथिको रूपमा विभागीय प्रमुख मोतिराम अधिकारी उपस्थित थिए। प्रबन्धक गोविन्द प्रसाद ढुङ्गेलले स्वागत मन्तव्य दिएका थिए र कार्यक्रम संचालन सहायक अधिकृत युवराज भट्टराईले गरेका थिए।
यस कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै महिला सशक्तीकरणमा योगदान पुर्‍याउने संस्थाको प्रतिबद्धता झल्काएको छ।

सम्बन्धित समाचार

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् । भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो । डिजे चलाउने...

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित भएको छ । नेपाल मेडिकल काउन्सिलको मंगलबार बसेको बैठकले कोरोना भाइरसका कारण परीक्षा स्थगित गरेको हो । आगामी ८ चैतमा परीक्षा गर्ने तयारी थियो ।

डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी...

आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, असार १५  । आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा...

कोरोनाबाट विश्वमा ९ लाख ३९ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, ३१ भदौ-विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनाएको छ । डब्लुएचओका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३ सय ८९ जना कोरोना...

खोटाङको दिक्तेलमा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...

प्रदेश २ मा एक दिन ३४८ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, ३ असार-प्रदेश–२ मा आज एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिनमा प्रदेश– २ मा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८...

भारतको उत्तर प्रदेशमा न्यायाधीशकै अगाडि अभियुक्तको हत्या

एजेन्सी, पुस १–भारत उत्तर प्रदेशको बिजनोर जिल्लास्थित सीजेएम कोर्टमा न्यायाधीशकै अगाडि एक अभियुक्त मारिएका छन् । पेशीमा आएका हत्याका दुई अभियुक्तलाई केही व्यक्तिले गोली हानेका हुन् । दुईमध्ये एकको अदालतभित्रै मृत्यु भएको छ भने अर्का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्