शिक्षकलाई एआइ तालिम , रिसर्चजमा आधरित विद्यार्थी उत्पादन गर्दै पूस्याट कलेज
मङ्गलबार, २९ साउन, २०८१,
न्यूज विराट
विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले त्यसको लागि शिक्षकहरुलाई प्रविधिसँग दक्ष बनाउन विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लागि परेको छ । प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा प्रदान गर्नको लागि कलेजले शिक्षकहरुलाई प्रविधिसँग जोडेर अगाडी बढेको हो । त्यसको लागि कलेजले सबै संकायका शिक्षकहरुलाई भेला पारेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक हप्ता तालिम दिन सुरू गरेको छ । भदौ २ गतेसम्म संचालन हुने उक्त तालिममा पूविका आगिक क्याम्पस आवद्ध ५७ जना शिक्षकहरुको सहभागिता रहेको कलेजका डाइरेक्टर नरेश कुमार साहले जानकारी दिए । शिक्षकहरुलाई सिर्चज बेस तालिम दिएर विद्यार्थीहरुलाई प्रविधसँग जोडेर अगाडी बढाउने योजना रहेको उनले बताए । ‘विश्व विद्यालयमा पढाइ हुने भनेको ब्याचलर, मास्टर र रिसर्च हो । त्यसमा पनि अहिले पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया रिसर्चलाई फोकस गर्नुपर्छ भन्ने सुझाब दिनुभयो । त्यही अनुसार अहिले एआइको तालिम दिन सुरु गरिएको हो,’ उनले भने, ‘अहिले सिर्चजमा आधरित पढाइ विद्यार्थीहरुलाई दिनपर्छ भनेर त्यसको लागि शिक्षकहरुलाई दक्ष बनाउनको यो तालिम दिएको हो ।’ स्कुल अफ साईन्स एण्ड टेक्नोलोजीका डिन डा. पवन कुमार झाको योजना अनुसार शिक्षकहरुलाई तालिम दिएर प्रविधिमा पोख्त बनाउने बताइएको छ । यो तालिमपछि हरेक संकायले रिसर्च आर्टिकलहरू निकाल्नेछन् । खोज र विकासमा केन्द्रित गराउने गरी काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झा र फ्युज मेशिनका रोजेश शिखराकरले सहभागीहरूलाई एआई सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरेका छन् । प्रशिक्षणमा एआईको प्रयोगले कोडिङ्गदेखि मुखाकृति पहिचानसम्मको कार्य सजिलै सम्भव हुने बताइएको थियो । सहायक डिन मनोजकुमार हलुवाई साहले एआई आजको आवश्यकता भएको बताए । उनले एआईसँग परिचित नभई अध्ययन, अनुसन्धान, खोज र विकासलाई गति प्रदान गर्न नसकिने बताए । पहिलो २ दिन एआई प्रविधिको बारेमा जानकारी दिने, तेश्रो र चौथो दिन खोजमा आधारित तालिम अनि अन्तिम २ दिन एआई सम्बन्धी सीप विकासको प्रशिक्षण दिइनेछ । प्रशिक्षणका लागि अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला रहेको छ ।
भद्रपुर, २७ वैशाख-झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक...
कैलाली, १४ जेठ-कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी...
विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो...
सुनसरी, ५ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी...
काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले...
विराटनगर । मधुमेह भएका व्यक्तिले समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले बताएका छन् । गोल्छा आँखा अस्पतालले विराटनगरमा विश्व मधुमेह दिवसको अवसर पारेर मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोपेथी)...
काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...