रोटरी क्बल विराटनगरको भव्य पदस्थापन, अध्यक्षमा मनोज विक्रम शाह
शनिबार, २६ साउन, २०८१,
न्यूज विराट
विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साझ पदस्थापन कार्यक्रम भएको हो । सन २०२४– २०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन् । रोटरी क्लबले विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको छ । शाह लामो समयदेखि क्लवमा आवद्ध रहँदै आएका छन् । अध्यक्ष शाहले आफ्नो कार्यकालमा विभिन्न सामाजिक काम गर्दै अगाडी बढने बताए । क्लवले शिक्षा र स्वास्थ्यसहित दैवीप्रकोप र आपतकालिन सेवातर्फ काम गर्ने अध्यक्ष शाहले बताए । आउँदो एक वर्षमा क्लवले अल्पकालिन र दीर्घकालिन खाले योजना संचालन गर्ने उनको भनाई छ । क्लवको निवर्तमान अध्यक्षमा कमल बस्नेत, पेसिडेण्ट नोमिनेटमा टीपी आचार्य, उपसभापतिमा शिवप्रसाद अधिकारी, सचिबमा दिनेश गड्तौला, सह–सचिव सरिता अग्रवाल, कोषाध्यक्षमा ज्योति गुप्ता छन् ।
रोटरी क्लबका अध्यक्ष शाह विराटनगरको सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् । स्कुल व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका उनी आफै पढेको जनता नमूना स्कुलको सुधारमा खटिएका छन् । उनी खेलकुद, आर्थिक क्षेत्रमापनि सक्रिय छन् । ‘रोटरी क्लव विराटनगरको इतिहास हो । यो संस्थामार्फत् मैले गर्नुपर्ने सामाजिक काममा निरन्तर रुपमा सक्रिय भएर लागि पर्नेछु,’ उनले भने ।
विराटनगर । विराटनगर २ मा रहेको जनता नमुना माविमा पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका र ई–लाइबेरी बनाइदिने भएको छ । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने...
विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...
काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी...
चितवन, २७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपश्चात माडीमा...
विराटनगर, १६ पुस । विराटनगरमा मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरीको बिगबिगी बढ्दै गएका बेला चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले...
सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...
काठमाडौं, असार ९ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । सर्वोच्चको...