विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

 न्यूज विराट
विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले विद्यार्थी विद्यार्थी तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विधाइ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम आयोजना गरेको हो ।

बीबीएस चौथो वर्षमा अध्ययरत ३३ औं ब्याजका २९ जना विद्यार्थीहरुलाई कलेजले विदाई गरेको छ । यसैगरी कक्षा ११ मा व्यवथापन संकायमा नयाँ भर्ना भएका १३३ जना विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पसका प्रिन्सिपल आरसि कोइरालाले जानकारी दिए । ब्यवस्थापन र एसिसिएमा गरि ७०० जना विद्यार्थीहरु अध्ययरत रहेका छन् ।
२०४८ सालमा स्थाप भएको विराट कलेजलाई सोम्स कलेजको रुपमा पनि परिचित रहेको छ । कार्यक्रममा बोल्दै साहायक क्याम्पस प्रमुख रोशन घिमिरे विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको बताए । यो क्याम्पस विगत ६ बर्षदेखी नयाँ व्यवस्थापनले संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए । सोही अवसरमा सेवानिवृत २ जना सेवानिवृत प्रबुद्ध शिक्षकलाई सम्मान पनि गरेको छ । यसैगरी शिक्षकद्वय महेश्वर दाहाल र ईन्द्र लाल ठाकुर लाई सममान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि त्रिविका क्षेत्रिय सह परीक्षक नियन्त्रक डिल्ली प्रसाईले विद्यार्थीहरुलाई संस्कारसहितको रोजगारमुखि शिक्षा दिएर अगाडी बढनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको...

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसः स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो । व्यापार संघले अग्रवालमाथि...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ

इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा...

कोशी प्रदेशको नामकरण छलफलको माध्यमबाटै टुंगिन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो विषय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्