विराटनगरको कोवास कलेजमा लफडा, सुनिल श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर सारडालाई प्रिन्सिपल

 न्यूज विराट
विराटनगरको कोवास कलेजमा लफडा, सुनिल श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर सारडालाई प्रिन्सिपल

विराटनगर । सुनिल श्रेष्ठलाई प्रिन्सिपलबाट हटाएर संचालक समितिले प्रीया सारडालाई जिम्मेवारी तोकेपछि विराटनगरस्थित कोबास कलेजमा विवाद देखिएको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर प्रिया सारडालाई प्रिन्सिपल नियुक्ति गरिएको बुझिएको छ । तर, श्रेष्ठलाई भने प्रिन्सिपलबाट हटाएको कुनै पत्र नदिएको र सोमबार कलेज आउँदा सुरक्षा गार्ड लगाएर संचालकहरुले भित्र प्रवेश गर्न निषेध गरेपछि विरोध भएको हो । कलेजका संचालक समितिका सदस्यहरुले बिनाकारण निकालेको आरोप लगाउँदै श्रेष्ठले विरोध जनाए । प्रिन्सिपलबाट मौखिक रुपमा हटाएको जानकारी पाएपछि उनले सोमबार विहान कलेज बाहिर गेटमा विरोध जनाएका हुन् ।
कलेज प्रवेशमा रोक लागेपछि श्रेष्ठले गेटमै विरोध प्रदर्शन गरे । उनको विरोधमा विद्यार्थीहरूले समेत साथ दिए । कलेजका सञ्चालकहरूले आफूलाई निकालिएको पत्र समेत नदिई आफ्नो लगानी र चार महिनादेखिको पारिश्रमकि पाउनुपर्ने उनले बताए । कलेजमा शेयर दिने भनेपछि आफूले अहिलेसम्म २५ लाख रुपैयाँ लगानी गरेको उनको भनाई छ । ‘चार महिना अगाडी सेयर पनि दिने भनेर मलाई कलेजको प्रिन्सिपलको जिम्मेवारी दिएर ल्याएको हो । अहिले कक्षा ११ मा चार सय विद्यार्थी नयाँ भर्ना गरेको छु । एक सय विद्यार्थी भएको बेलामा आफूले कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हालेको र अहिले चार सय बढि विद्यार्थी भर्ना भइसकेपछि कलेज नाफामा जान थालेर सञ्चालकहरूले आफूलाई नियतबस निष्कासन गरेको हो,’ उनले भने ।


विद्यार्थी बढेपछि नाफा आफु मात्रै खाने भनेर उनीहरूले षड्यन्त्र पुर्वक रुपमा कलेजबाट निकाल्न खोजेको उनले आरोप छ । ‘कलेजमा चार महिना अगाडी मलाई भित्र्याएपछि मैले पनि पाँच लाख रुपैयाँ प्रिया सारडाको छोराको नाममा दिएको छु । मैले जम्मा कलेजमा २५ लाख रुपैयाँ लगानी गरेको छु । तर पनि मलाई अहिलेसम्म शेयर दिएको छैन,’ उनले भने, ‘चार महिनादेखिको पारिश्रमीक पनि पाएको छुइन् ।’
कलेजमा अहिले दुईवटा प्रिन्सिपल भएको उनले बताए । आफुलाई हटाएको आधरिक पत्र संचालक समितिले नदिएको कारण अहिले पनि आफु रहेको र अर्को व्यापारी प्रदीप सारडाको श्रीमती प्रिया सारडा प्रिन्सिपल भएको भन्दै दुईजना प्रिन्सिपल हुनै नसक्ने बताए । ‘विगतमा पनि व्यवस्थापनले दुईजना प्रिन्सिपललाई अपमानजनक रुपमा निस्कासन गरेको थियो । उनीहरुलाई निकाले जसरी मलाइ निकाल्न खोजिएको होला । संचालकहरुको त्यो इच्छा कदापि पुरा हुन सक्दैन । मेरो लगानी र पारिश्रमीक फिर्ता दिनुपर्दछ,’ उनले भने ।
प्रिन्सिपल श्रेष्ठलाई निकालिएपछि विद्यार्थीहरूले उनको पक्षमा नाराबाजी समेत गरे । कलेज प्रशासनसँग यस विषयमा सञ्चारकर्मीहरूले जानकारी लिन खोज्दा मुल गेटमा खटाइएका सुरक्षागार्डहरूले उनीहरूलाई भेट्न दिएनन् ।
कोबासमा सारडा ग्रुपको ९० प्रतिशत शेयर रहेको बुझिएको छ । यहाँ पाँच जना संचालक रहेका छन् । केही दिन अगाडी श्रेष्ठले कोवास कलेज परिसरमा भाडामा बसेको कन्सलटेन्सी संचालकलाई कुटपिट गरेपछि कलेजको नाम बदनाम भएको भन्दै उनलाई प्रिन्सिपलको जिम्मेवारीबाट हटाएको चर्चा हुने गरेको छ ।

सम्बन्धित समाचार

जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोक

कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...

मिल्स गोल्डकपः एलेभने एरोज दुहबी सेमिफाइनलमा

विराटनगर, ९ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्बल दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय...

प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको...

विराटनगरमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी हुँदै

विराटनगर, १८ फागुन । विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी हुने भएको छ । ११२ औँ श्रमिक महिला दिवसको अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आगामी फागुन २३ गते विराटनगरमा महिला...

आज विराटनगरमा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास...

बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व...

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्