विराटनगरको अरनीको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

 न्यूज विराट
विराटनगरको अरनीको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा विराटनगरमा रहेको अरनीको स्कुलका बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार को १ क १७०० नम्बरको बस विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको पाइएको छ ।
तीव्र गतिमा रहेको उक्त बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

सवारीका लागि टाइम कार्ड : कुन सवारी कति बेला ?

काठमाडाैं, २८ वैशाख-आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । सरकारले अत्यावश्यक कामका लागि सवारी चल्न दिने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो । सरकारी तथा वित्तीय...

भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गयो

सिन्धुपाल्चोक, १२ जेठ-सिन्धुपाल्चोकमा  भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गएको छ ।जिल्लाको जुगल गाउँपालिका-२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएकोहो । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका...

शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ५ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने...

नयाँ वर्षमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २१ पुस । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले अंग्रेजी नयाँ वर्षको अबसरमा खाद्यान्न वितरण गरेको छ । यसअघि पनि पटक पटक वितरण गरेको क्लबले अंग्रेजी नयाँ वर्षको अवसरमा समेत मानव सेवा आश्रम, विराटेश्वर...

पार्टीमा शुद्धीकरण अभियान चल्दा अवसरवादीहरू किनारा लागे : बादल

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संसद् विघटन संवैधानिक काम भएको बताएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले भने, 'यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईं जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ...

विराटनगर आएर कमल थापाले भने -फागुन पहिलो साताभित्र नयाँ पार्टी दर्ता गर्छु

विराटनगर, २८ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापाले फागुन पहिलो साताभित्रै नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन् । राप्रपाबाट अलग भएको घोषणा गरेका थापाले शुक्रबार विराटनगरमा शुभचिन्तकले नया...

पूर्वमन्त्री मण्डलद्धारा जहदा गाउँपालिकालाई राहत हस्तान्तरण

विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...

राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्