कक्षा १२ को परीक्षामा मेरील्याण्डको फेरी पनि सर्वोत्कृष्ट नतिजा, दर्शिल र जतिनले ल्याए ३.८७ जीपीए
शनिबार, १९ साउन, २०८१,
न्यूज विराट
विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षामा मेरील्याण्ड कलेजका विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउँदै सतप्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएको कलेजले जनाएको छ ।
६४५ जना विद्यार्थीले १२ को परीक्षा दिएको मध्ये दर्शिल बस्नेतले ३.८७ जिपिए र जतिन अग्रवालले ३.८७ जिपिए ल्याएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । उनका अनुसार ३.८७ ल्याउने दुई जना, ३.८६ जिपिए ल्याउने ४ जना, ३.८५ जिपिए ल्याउने ३ जना, ३.८१ जिपिए ल्याउने ६ जना, ३.७५ देखि ३.७८ जिपिए ल्याउने १४ जना, ३.६१ देखि ३.७५ जिपिए ल्याउने ८६ जनासहित ए प्लस ल्याउने ११५ जना, ए ल्याउने २९० जना, बी प्लस ल्याउने १८६ जना र बी ल्याउने ३० जना विद्यार्थी रहेका छन् ।
राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा जम्मा देशभरिमै ५२ प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका छन् । काठमाण्डौ भ्याली बाहिर सम्भवत मेरिल्याण्डको रिजल्ट मात्रै उत्कृष्ट आएको मेरिल्याण्डका प्रिन्सीपल लक्ष्मण ढकाल दाबी छ । यो परिणाम विद्यार्थीको मेहनत, शिक्षक को लगनशीलता, अभिभावको आफ्नो छोरा छोरी प्रतिको चासो र ब्यवस्थापनको अथक मेहनतबाट संभव भएको कलेजका अध्यक्ष गुणराज ढुंगेल बताए । मेरिल्याण्ड कलेज विगत २० वर्ष देखि देश भरिका आठ हजार भन्दा बढी कलेजहरूमध्ये सधैँ टप टेन मा पर्दै आएको छ ।
मेरिल्याण्ड पढन आएका दर्शिल बस्नेत र जतिन अग्रवालले ३.८७ जीपीए ल्याएकोमा निकै खुशी भएको बताए । मेरील्याण्डका शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले आज सफलता मिलेको उनीहरुको भनाई छ । ‘शिक्षकहरुले दिएको शिक्षा र मेरो मेहनतको कारणले आज सफलता प्राप्त भएको छ । मेरो गुणस्तर एकदमै माथि उठाउन गरेको योगदान प्रति जिन्दगीभर मेरिल्याण्ड प्रति आभारी छु,’ उनीहरुले एक साथ भने, ‘अब म संसारको कुनै पनि कुनामा गएर आफ्नो बाँकी अध्ययन र रोजगारी पाउन सक्षम छु । त्यो मलाई मेरिल्याण्डले बनाएको हो । यहाँ सरहरूले पढाउने मात्र नभई दैनिक नैतिक शिक्षा पनि दिनुहुन्छ । त्यसैले हामी विद्यार्थीलाई जिवन भोगाइमा ठुलो परिवर्तन ल्याएको छ ।’
यसअघि पनि मेरिल्याण्ड कलेजका छात्रा दिया अग्रवालले गत बर्ष ३. ९६ जीपीए ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन । मेरिल्याण्डको प्लस टुको अलावा बिबिएस तहमा पनि उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । किन्जल पोख्रेल, सिम्रन अग्रवाल, रोहीत कार्की आदि मेरिल्याण्डका उत्कृष्ट रिजल्ट ल्याउने नेपाल टपर विद्यार्थीहरु हुन् ।
मेरिल्याण्डको राम्रो रिजल्ट आउनुमा विद्यार्थीहरुलाई वर्षभरिनै निः शुल्क कोचिंगको ब्यबस्था, क्लोज सुपरभीजन, वार्षिक शैक्षिक क्यालेण्डर, स्टुडेन्ट फ्रेन्डली कक्षाकोठा , आदि रहेको कलेजका डाईरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल बताए । व्यवस्थापन संकायमात्र पठनपाठन गरी अब्बल शैक्षिक संस्थाको रुपमा देशभरीमै मेरील्याण्डले छुट्टै पहिचान बनाउन सफल भएको छ ।
काठमाडौं, ३० कात्तिक-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा...
विराटनगर–रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमसँगको सहकार्यमा डाउनटाउनले निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा २ देखि १४ वर्षसम्मका...
एजेन्सी, १८ माघ-संयुक्त अबर इमिरेट्स (यूएई) ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याएको छ । यूएईले सक्षम व्यक्तिलाई नागरिकता दिन लागेको जनाएको छ । खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन्...
काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...
काठमाडौं, २४ असार-बुधबार पनि सुनको मूल्य उकालो लागेको छ । आज ६ सयले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावल सुन तोलाको ९०...
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले काठमाडौंको बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण निरन्तर लकडाउन हुँदै आएपछि ज्यालादारी मजदुर तथा श्रमिक...
काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको...
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष...