कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

 न्यूज विराट
कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।
कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरेका हुन्

यो समझदारी पछि कोशि प्रदेशका सर्वसाधारण नागरिकमा उधमशिलताको बिकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ । यो समझदारीले सर्बसुलभ कर्जा प्रबाह गर्न बैंक तथा बित्तिय संस्थालाइ प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ । समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए । मुख्यमन्त्री कार्किले अब प्रदेश नयाँ समझदारीका साथ अघि बड्दा बिकास र रोजगारीमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
सो अवसरमा प्रमुख सचिब केदारनाय शर्माले यो समझदारीले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नंया नयाँ काम गर्न सहज हुने बताए । कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार ,घरेलु उधोग बिकास र उधमशिलता बिस्तारलाइ समझदारीले नयाँ ढोका खोलेको बताए ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुबेदिले कोशि प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिए । उनले चाँडै नै रोजगारिका लागी मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने बताए । प्रदेशमा १२ कक्षा उतिर्ण करिब एक हजार युवालाइ तालीम दिइ अनलाइन रोजगारी यसै बर्ष दिने प्रदेश सरकारको तयारी छ ।

सम्बन्धित समाचार

गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...

विकेभिएम र राइजिङ नेपाल विजयी

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ । पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७ विकेटले पराजित गरेको छ ।...

कटहरी गाउँपालिकालाई जसपाले बुझायो ज्ञापनपत्र

विराटनगर, ६ असार । नीति तथा कार्यक्रममा विभिन्न जनसरोकारका विषय समेट्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले कटहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । जसपा कहटरीले सोमबार आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न २१ बुँदे...

मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।...

विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई कैदीबन्दीले मोरङ कारागारमा छिर्न नदिएपछि सप्तरी लगियो

विराटनगर, १७ कात्तिक । डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी लगिएको छ । मंगलबार बिहान विराटनगरस्थित मोरङ कारागारमा गुण्डा नाइके गिरीलाई ल्याइएपनि अन्य...

टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको भिड 

विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्