
विराटनगर, जेठ १७–बन्दाबन्दीमा विराटनगरमा विपन्न तथा असाहयलाई निशुल्क खाना ख्वाउँदै आएको युवाहरुको समुहलाई पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले ५ सय केजी चामल सहयोग गरेका छन् ।
कोहि पनि भोकै मर्नु नपरोस भनेर विपन्न तथा असाहयलाई निशुल्क रुपमा खानाको व्यवस्थापन गर्दै आएको शिवमन्दीर विराटनगर युवा समुहलाई सांसद मण्डलले ५ सय केजी चामल सहयोग गरेका हुन् ।
सो यवाहरुको समुहले बन्दाबन्दी सुरु भएयता विपन्न, मजदुर तथा असाहय व्यक्तिहरुलाई निशुल्क खाना वितरण गर्दै आएको सांसद मण्डलको निजि सचिवालयका सदस्य मो. रेहानले जानकारी दिए ।