चिकित्सक संघ कोशीका नवनिर्वाचित कार्यसमितिले गरे पदस्थापन
बिहिबार, १७ साउन, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका छन् । विराटनगरमा एक कार्यक्रम आयोजना गरी नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका हुन् ।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.अनिल विक्रम कार्की र प्रमुख निर्वाचन अधिकृत प्राडा हेमसागर रिमालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराए । केही दिन अगाडी सम्पन्न भएको निर्वाचनबाट नेपाल चिकित्सक संघको कोशी शाखामा डा राजेन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । ३ वर्षका लागि डा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा नविन कुमार कर्ण, उपाध्यक्षमा डा शिलव सेन श्रीबास्तव, महासचिवमा डा बालकृष्ण साह निर्विरोध निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा सुनिल रेग्मी, स–सचिवमा डा रामकुमार यादव, सह– कोषाध्यक्षमा डा तेजेन्द्र कार्की छन् । यस्तै सदस्यहरुमा डा कोपिला अग्रवाल, डा प्रेक्षा दली, डा अमरकुमार यादव, डा रितेशकुमार सिंह, डा जीवनाथ धमला र डा राजाबाबु मण्डल रहेका छन् । अध्यक्ष लगायत सबै पदका कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्।...
विराटनगर । विराटनगरमा तेली कल्याण समाज नेपालद्वारा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार होली मिन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।समाजका महानगर अध्यक्ष सञ्जय कुमार साहको...
विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...
काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...
सुनसरी ४ कात्तिक-सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९.३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो । १ कात्तिकमा कोरोना पोजिटिभ...
विराटनगर, ४ असोज–विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न...