कोशी अस्पतालबाट एक जना कैदी फरार

 न्यूज विराट
कोशी अस्पतालबाट एक जना कैदी फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् ।

पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ । फरार भएका कैदीको खोजी कार्यमा प्रहरी लागि परेको डिएसपी बस्नेतले जानकारी दिए ।

विराटनगर महानगरपालिका ८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ । जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गते मात्रै कारागारबाट छुट्छन् ।

सम्बन्धित समाचार

१८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुग्यो, काठमाडौं ल्याउने तयारी

काठमाडौं, १ जेठ । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा...

बोर्डर आउट पोष्ट चुनीमारीद्धारा बरामद पटाका नष्ट

विराटनगर, २९ कात्तिक–मोरङको रतुवामाई नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बरडंगा चुनीमारीले भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बिओपी चुनीमारीबाट खटिएको शसस्त्र प्रहरीको...

प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेशमामिला सल्लाहकार डा. राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा फर्किएको बताएका छन् । नेकपा नामसम्बन्धी विवादको टुंगो लगाउँदै ऋषिराम कट्टेलको पार्टीलाई मान्यता दिएपछि ट्वीट गर्दै उनले पार्टी एकताअघिको अवस्थामा फर्किएको...

टेकुका डा. शेरबहादुर पुनमाथि कारबाही

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका  वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण सोधेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई स्पष्टीकरण सोधेको हो । कोरोना भाइरसको विषयमा बोलेको भन्दै मन्त्री  भानुभक्त ढकालको आदेशमा...

सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

काठमाडौं, १८ जेठ-कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको राजस्व सामान्य अवस्थामा पनि उठ्न नसक्ने दाबी गरेका छन् । आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

विदेशबाट फर्कनेलाई यस्तो छ क्वारेन्टिन व्यवस्थापनको तयारी

काठमाडौं, १६ जेठ-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् । खाडी मुलुकमा श्रमका लागि गएर फर्कन लागेका नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने...

विराटनगरका औषधी व्यवसायी रजक माथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका एक जना औषधी व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । विराटनगर ७ हस्पिटल चोकमा रहेको रजक फर्माका संचालक २५ वर्षीय राहुल कुमार रजकमाथि बुधबार निर्घात कुटपिट भएको हो । हस्पिटल चोकमा रहेको साईनो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्