तेली कल्याणद्धारा निः शुल्क शिविर, १४० जनाले गराए परीक्षण

 न्यूज विराट
तेली कल्याणद्धारा निः शुल्क शिविर, १४० जनाले गराए परीक्षण

विराटनगर । तेली कल्याण समाज नेपाल महानगर समितिले विराटनगरमा निःशुल्क उच्च रक्तचाप र थाईराइडको परीक्षण गरेको छ । विराटनगर ८ अशोक चौकमा शनिबार निःशुल्क उच्चरक्तचाप र थाईराइड परीक्षणको जाँच गरेको हो ।
शिविरमा जम्मा ६२ जनाको थाइराइड परिक्षणको लागि रगत संकलन भएको समाजका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । ७८ जनाको रक्तचाप परीक्षण गरेका छन् ।
कार्यक्रममा समाजका वडा ८ का अध्यक्ष अलिपन साह (सुरज) आफैले रक्तचाप परिक्षण गरेका थिए । कार्यक्रममा शिफा पोलिक्लिनिक र म्याकलिओडस फर्मास्युटिकल्स इन्डियाको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिका अध्यक्ष संजय कुमार साह, सचिव जगत लाल साह, नगर सदस्य ललित कुमार साह,शिक्षा समिति सहसंयोजक चन्द्र प्रसाद साह लगायत समाजका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

जिफन्टद्धारा विराटनगर युवा कमिटि गठन : अध्यक्षमा रमेश, उपाध्यक्षमा सृजना

विराटनगर । नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशी प्रदेश युवा कमिटिद्धारा युवा भेला आयोजना गरेको छ । विराटनगरस्थित पानचालीमा रहेको पार्टी कार्यालयमा शनिबार प्रथम विराटनगर महानगर कमिटिको युवा भेला आयोजना गरिएको हो । उक्त भेलाले...

तुलसी सहकारी घोटला प्रकरण : अध्यक्ष शर्मालाई विराटनगर ल्याएर फेरी लगियो कैलाली

विराटनगर । बचतकर्ताहरुको करडौं रुपैयाँ घोटला प्रकरणमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले विराटनगर ल्याएर फेरी कैलाली लगेको छ ।जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका मुख्य प्रतिवदी रहेका शर्मालाई बिहीबार...

मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न विराटनगरका पत्रकारहरुको माग

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका...

प्रदेश प्रहरी विधेयक संशोधनसहित पारित

विराटनगर, असार २९–प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।...

कविता प्रतियोगितामा शिक्षादीपकी सिम्रिका प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् । शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा एञ्जल राई...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्