जहदाको जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र सचेतना
बिहिबार, १० साउन, २०८१,
न्यूज विराट
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विगत ८ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको सो विद्यालयमा बाल रोग विशेषज्ञहरुको टोलीले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको हो ।
विराटनगर नर्सिङ होम प्रा.लि.को प्राविधिक सहयोगमा ८ जना बाल रोग तथा नवजात शिशुरोग विशेषज्ञसहितको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । शिविरमा बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा. दीपराज अधिकारी, डाइटिशियन–ओम प्रकाश शाह, मेडिकल अधिकृत डा. श्रद्धा, डा. ऋषिकेश, विराट इन्टरनेशनल डायग्नोस्टिकका सहायक निर्देशक रचित तापडीया।, प्यारामेडिकल स्टाफ, मार्केटिङ म्यानेजर अनिल मण्डल, मार्केटिङ अफिसर ऋषि सुवेदीलगायतको टोलीले विद्यार्थी र बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । शिविरबाट ३५० जना बालबालिकाहरु लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी प्रेसिडेन्ट मञ्जु अग्रवालले जानकारी दिएन् ।
सो अबसरमा बालबालिकाहरुलाई स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम समेत गरिएको थियो । डाएटिशियन डा. ओमप्रकाश शाहको नेतृत्वमा बालबालिकालाई आफ्नो स्वस्थ बृद्धिका लागि कस्तो प्रकारको आहार पालना गर्नुपर्छ भन्ने जानकारी दिँदै सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
उनीहरुलाई रोटरी क्लब र विराट नर्सिङ होमको छाप लगाइएको प्रिस्क्रिप्शन समेत उपलब्ध गराइएको थियो । यस प्रिस्क्रिप्शनको मद्दतले उनीहरूले छुट दरमा उपचार सेवा लिन सक्नेछन् । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी एवम् सदस्यहरु र विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसाद मण्डलको उपस्थिीती रहेको क्लबकी अध्यक्ष मञ्जु अग्रवालले बताइन् ।
नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ...
काठमाडौँ, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...
विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस मिट अन्र्तगत भएको तीन खेलमा आधा दर्जन कलेज विजयी भएका छन् । विराटनगरमा बिहीबार भएको क्रिकेटमा कान्तीपुर र विकेभिएम, फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादिप तथा भलीबलमा मोर्डन...
सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित...
काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा...
विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।आजै रातीबाट विराटनगर–१२...
विराटनगर । विराटनगर १४ मलाया रोडमा रहेको दिव्य ज्योती हस्पिटलमा ‘पेइङ्ग क्लिनिक (फास्ट ट्रयाक) तथा डे केयर सेवा सुरु गरेको छ । विरामीलाई गुणस्तरीय सेवा दिदै आएको दिब्य ज्योतीले विरामीहरूलाई छिटो र छरितो सेवा प्रवाह...