विराटनगरमा खुल्यो ‘जियोन युनिसेक्स’ सैलुन, साउन महिनाभरी ३० प्रतिशतसम्म छुट

 न्यूज विराट
विराटनगरमा खुल्यो ‘जियोन युनिसेक्स’ सैलुन, साउन महिनाभरी ३० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगर – ९ मकालु टिभी अगाडी जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमी संचालनमा आएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी उक्त युनिसेक्स संचालनमा आएको हो ।

युनिसेक्सको उद्घाटन कोशी प्रदेशको राज्य मन्त्री सृजना राईले रिविन काटेर गरिन् । उनले युनिसेक्सको उद्घाटन गरेपछि आफ्नो कपाल पनि मिलाइन् । युनिसेक्समा सेवा लिएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै राज्यमन्त्री राईले समृद्धीको लागि महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । उनले आत्मनिर्भर बन्नको लागि यस्तो युनिसेक्स सैलुनले ठूलो सहयोग पुग्ने उहाको भनाई छ ।

कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बहादुर बस्नेत (पर्शुराम) ले राजनैतिकसँगै महिलाहरु आत्मनिर्भर बन्नको लागि व्यसायिक रुपमा खुलेको सैलनले ठूलो सहयोग पु¥याउने बताए ।
जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमीमा महिला पुरुष दुवै जनलाई सेवा दिन खुलिएको हो । त्यसबाहिक ब्यूटिसिनय सम्बन्धी सम्पूर्ण तालिम र नेल सिक्नेहरुको लागि पनि एकाडेमी खोलिएको ब्यूटिसियन तथा युनिसेक्स सैलुनका संचालक शान्ता जोशीले जानकारी दिइन् । ब्युटिपार्लरमा महिला सहभागिता र लगानी धेरै भए पनि सैलुनमा महिला सञ्चालक बढ्न सकेका छैनन् । यही सोचेर शान्ताले युनिसेक्स (महिला र पुरुष दुवैका लागि) सैलुन खोलेकी हुन् ।
‘धेरै पेसा अवलोकन गरेँ र सबभन्दा आत्मसन्तुष्टिको पेसा सैलुन नै लाग्यो । मलाई अरूलाई राम्रो बनाउन मनपर्छ । सैलुन भन्नासाथ अरूलाई खुसी बनाएर पैसा कमाउने पेसा हो भन्ने लाग्छ, उनले भनिन्।

युनिसेक्समा १५ लाख भन्दा बढीको लगानी छ । एकैपटक ठूलो लगानीमा सैलुन खोलेकी उनी व्यावसायिक रूपमा यो पेसा सुरक्षित छ भनेरै सुरू गरेको बताइन् । त्यसैले लगानीअनुसार प्रतिफल राम्रो हुनेमा विश्वस्त रहेको उनले बताइन् । युनिसेक्स सैलुन संचालन भएको अवसरमा साउन महिनाभरी ग्राहकहरुलाई ३० प्रतिसम्म छुट दिने गरेको उनले जानकारी दिइन् ।
उनी निर्धक्क साथ भन्छिन्, ‘काम त सबैले गर्छन् तर कसरी गर्ने भन्ने फरक कुरा हो । जियोन युनिसेक्सले फरक तरिकाले सेवा दिएको छ । चुनौती नभएको होइन, ठूलो लगानी छ, तर सामना गर्छु भनेरै हात हालेकी छु । पक्कै पनि सफल हुनेछु । ’
उनले सैलुनको साजसज्जा पनि आकर्षित तरिकाले गरेकी छिन् । विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा युनिसेक्सले दिन्छ ।
जियोन युनिसेक्समा शान्ता बाहेक दुई जना कर्मचारी राखिकी छिन् । लामो समय काम गरेका अनुभवी कर्मचारी र अनुभवी ‘हेयर मास्टर’ बोलाएको उनले जानकारी दिइन् । शान्ताका अनुसार सैलुनमा प्रयोग हुने अधिकांश सामान उनले आधुनिक उपकरणबाट गुणस्तरीय सामानको प्रयोग गर्ने बताएकी छिन् ।
सानैदेखि आत्मनिर्भर बन्न रूचाउने शान्ताले ब्यूटिसियनको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी छिन् । उनी सफल उद्यमीका रूपमा पहिचान बनाउन लागी परेकी छिन् । अरू महिलालाई पनि उद्यमी बन्न उनी सुझाब दिने गरेकी छिन् । ‘व्यवसाय के गर्ने भन्ने निधो गरेर थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिन्छ,’ शान्ता भन्छिन्, ‘जोसँग जस्तो सीप र क्षमता छ त्यहीअनुसार केही न केही गर्नुहोस् । जति मेहनत र लगाव लगाउनुहुन्छ, त्यति नै सफल भइन्छ ।’

सम्बन्धित समाचार

विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

विराटनगर, २५ चैत । विराटनगरमा एक्लै बलियो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले गठबन्धनमा आवद्ध कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनकै अरु दलमा छट्पटी सुरु भएको छ । कांग्रेससँग गठबन्धन गरेर भागवण्डा पाइने आशमा...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

विराटनगरमा विराट सिटि डेन्टल संचालनमा, दश दिनसम्म निःशुल्क सेवा

विराटनगर । विराटनगर– ६ शनिमन्दिरमा डाक्टर अम्बिका साहले विराट सिटि डेन्टल संचालनमा ल्याएकी छिन् । सोमबार एक कार्यक्रम आयोजना गरि डेन्टल संचालनमा ल्याएको हो ।अत्याधुनिक डेन्टल चियर, दाँतको ए–क्सरे मसिनलगायत अन्य उपकरणहरू र सक्रमण रोक्न...

किराँत समुदायले आज उँभौली पर्व मनाउँदै

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा...

विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...

२४ घण्टामा थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप...

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख जना नाघ्यो

अमेरिकामा कोराना संक्रमितको संख्या ३ लाख नाघेको छ ।पछिल्ला १ दिन २३ हजार ४ सय ६४ जना नयां संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ३ लाख ६ सय २५ पुगेको हो । त्यस्तै अहिलेसम्म अमेरिकाम मृत्यु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्